काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा को*रोना संक्रमण तिब्र गतिमा बढेको पाइएको छ । बुधबार मात्रै १७ जनामा को*रोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा को*रोना संक्रमण देखिएको हो ।
यसैबीच नेपालमा थप ४८२ जनामा को*रोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ८२ जना नयाँ संक्रमित थपिएपछि नेपालमा को*रोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो ।
पछिल्लो समय १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।
कुल संक्रमित मध्ये महिला १ हजार ७ सय ७४ र र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।
थप एक जनाको मृ*त्यु
त्यसैगरी नेपालमा को*रोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृ’त्यु भएको छ ।
अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृ;त्यु भएका एक पुरुषको को*रोना रिपोर्ट आज पोजेटिभ आएको हो ।
यो सँगै को*रोना भाइरसबाट मृ;त्यु हुनेको संख्या ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको असार १४ गते मृ’त्यु भएको हो ।
मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशिक अस्पतालमा भएको परीक्षणमा को*रोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उनी असार १३ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
प्रवक्ता गौतमले उनी मधुमेहको विरामी भएको बताउनुभयो । मृ’तक पुरुषसँगै कुरुवा बसेका २ जनाको को*रोना रिपोर्ट भने नेगेटिभ आएको छ ।
परीक्षण सुस्त
पीपीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ जनाको को*रोना परीक्षण भएको छ ।
अहिलेसम्म पीसीआर विधिबाट २ लाख ३३ हजार २ सय २७ जनाको को*रोना परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट आजसम्म ३ लाख ६ सय २० जनाको परीक्षण भएको छ ।
अहिले देशभरीका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् ।
यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ३ सय ६० जना उपचाररत रहेका छन् ।
आजसम्म ४ हजार ६ सय ५६ को*रोना संक्रमित निको भएर घर फर्किएका छन् ।
जोखिममा बालबालिका
सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ ।
१४ हजार बढी संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।