नेकपा भित्रको कलह, तपाईको विचारमा के प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ ?

काठमाडौं । सत्तारुढ दल नेकपाको (नेकपा) जारी स्थायी कमिटी बैठकमा बुधबार बोल्ने ४ नेताहरुले प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

स्थायी समितिको पाँचौ दिनको बैठकमा बुधबार ५ जनाले धारणा राखेका थिए।

पाँचमध्ये चार जनाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको बैठकमा सहभागी एक नेताले बताएका छन्।

मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईं र योगेश भट्टराइृले आफ्नो धारणा राखेका थिए।

४ स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको आलोचना गर्दै राजीनामा माग्दा पर्यटनमन्त्री समेत रहेका योगेश भट्टराईले भने मध्यमार्गी धारणा राखेका थिए।

भट्टराईले नेताहरुका बीचमा छलफल गरेर निकास निकाल्नुपर्ने मध्यमार्गी बाटोमा जानुपर्नेमा जोड दिएका थिए। यस्तै, अरु सदस्यले पार्टी र सरकार चलाउन अयोग्य भएकाले ओलीले छाड्नुपर्ने मत राखेका छन् ।

नेता लिलामणि पोखरेलले ओलीले प्रधानमन्त्री पदकै गरिमा घटाएको टिप्पणी गरेका थिए। भारतले हटाउन खोज्ने भनेर प्रधानमन्त्री ओलीले जनतामा रहेको सार्वभौमिकताको अपमान गरेको पोखरेलले बताएको सहभागी एक नेताले जानकारी दिएका छन्।

यसअघी हिजो बोल्ने १८ मध्ये १७ जनाले ओलीको राजिनामा मागेका थिए। पार्टीका बहुमत सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →