काठमाडौँमा आज सम्मकै उच्च संख्यामा को*रोना संक्रमित भेटिए, कुन स्थानमा कति ?

काठमाडौं- काठमाडौं उपत्यकामा थप ३२ जनामा को*रोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित को*रोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २८, भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ३२ जना संक्रमित थपिएको जानकारी दिए।

काठमाडौं उपत्यकासहित बुधबार देशभर थप ४७३ जनामा को*रोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७३ जनामा को*रोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

आज थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ।

जनचेतनाको लागी शेयर गरौ !

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →