निजामती विधयेक सच्चाउन बागलुङका कर्मचारीको माग

 बागलुङ –
गत सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधयेक एक एकपक्षीय रुपमा पारित गरेको भन्दै बागलुङका कर्मचारी विरोधमा उत्रिएका छन । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बागलुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक पेश गरेका मागहरु सम्बोधन गर्नुको सट्टा राज्य व्यवस्था तथा सुशासन समितिबाट विभिन्न विभेदकारी र अन्यायपूर्ण प्रावधानहरु सहितको विधेयक पारित गरिएकोले विधेयकमा उल्लेख विविध प्रावधानहरु खारेज गर्न माग गरेको छ । टे«ड युनियनले कुनै परामर्श तथा छलफल नै नगरी संविधानको धारा ३४ को उपधारा(३) श्रम ऐन, २०७४ को दफा १८० को उपदफा १ (क) र अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धीको विरुद्धमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्युको असमती एवं समितिका मननीयज्यूहरुको फरक मतका बाबजुद पनि राज्य व्यवस्था समितिले पारित गरेका विधेयक प्रति खेद प्रकट गरेको । जिल्लाको आधिकारीक टे«ड युनियन र अन्य क्रियाशिल कर्मचारी संघ संगठनको सहभागितामा उक्त विधेयकको विरोधमा बिहिबार बागलुङका प्रमुख जिल्ला अधिकारी माफर्त मार्फत प्रधानमन्त्रीलाई १६ बुँदे माग पत्र पठाएका छन ।
राष्ट्रियस्तरको ट्रेड युनियन सहितको आधिकारिक ट्रेड युनियनको व्यवस्था यथावत कायम गरी ट्रेड युनियनहरुको संघ, प्रदेश र स्थानीय तहबीच अन्तर सम्बन्ध कायम हुने व्यबस्था गर्नुपर्ने, आन्तरिक र खुला प्रतियोगितात्मक लिखित परीक्षाको सम्वन्धमा निजामती सेवा ऐन, २०४९ को दफा ६९ बमोजिमको पदपूर्ति हुने व्यवस्था प्रस्तावित विधेयकमा देहाय बमोजिम सुनिश्चित गर्ने माग गरिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरेले बताए ।
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीको हकमा संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी भए पश्चात निश्चित अवधिपछि संघ र प्रदेशमा सरुवा हुने कानुनी आधारको स्पष्ट व्यवस्था हुनुपर्ने माग गरिएको छ । त्यस्तै निजामती सेवाको पदमा बहाल रहेको कर्मचारीलाई संघीय निजामती सेवाको खुला तथा आन्तरिक पदमा प्रतिष्पर्धा गर्दा उमेरको हद नलाग्ने एवं पदोन्ती भए पश्चात सो भन्दा अगाडिको सेवा अवधि जोडिने वर्तमान व्यवस्थालाई यथावत कायम गर्नुपर्ने, कर्मचारीको सरुवा प्रणालीलाई स्वचालित, चक्रिय, पूर्वानुमानयोग्य र वैज्ञानिक बनाउनु पर्ने, संघ, प्रदेश र स्थानीय तहमा हाल कायम रहेको श्रेणीगत र तहगत प्रणालीमा एकरुपता ल्याउन कुनै एक प्रणाली लागू गर्नुपर्ने माग पत्रमा उल्लेख गरिएको छ । निजामती कर्मचारी कल्याण कोष स्थापना गरी निजामती अस्पताल, बहुप्राविधिक निजामती महाविद्यालय, निजामती आवास सुलभ कर्जा योजना तथा अन्य निजामती कल्याणकारी कार्यक्रम र योजना संचालन गर्न आवश्यक व्यवस्था गर्नुपर्ने, निजामती सेवा ऐन, २०४९ अनुसारका निजामती कर्मचारीका सेवा शर्त र सुविधा यथावत कायम गरिनुपर्ने माग गरिएको छ ।
त्यसैगरी छिटो छरितो नागरिक सेवा प्रवाह र कर्मचारीहरुको हकहितको प्रत्याभूति सहितको संघीय निजामती सेवा ऐन निर्माण गर्न राष्ट्रियस्तरका ट्रेड युनियनहरुसँग परामर्श गरी आधिकारिक ट्रेड युनियनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक पेश गरेका मागहरु सम्बोधन गर्नुको सट्टा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट विभिन्न विभेदकारी र अन्यायपूर्ण प्रावधानहरु सहितको विधेयक पारित गरिएकोले विधेयकमा उल्लेखित त्यस्ता प्रावधानहरु खारेज गर्नुपर्ने माग रेका छन । यदी जायज मागहरु सम्वोधन नगरी ऐन जारी गरिएमा थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने टे«ड युनियनले जनाएको छ । ज्ञापन पत्र अध्यक्ष निउरेले प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुलाई हस्तान्तरण गरेका थिए ।