काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृ’त्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृ’त्यु भएको हो ।
उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
यो सहित डिस्चार्ज हुनेको संख्या ६१४३ पुगेको छ। कुल संक्रमितमध्ये आज काठमाडौमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।
यो मृत्यु सगै नेपालमा कोरानाबाट मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।