गलकोट नगरपालिकाको बजेट ६२ करोड ४६ लाख (पुर्ण पाठ सहित)

बागलुङ –
जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौं नगरसभाको बैठकमा उप–प्रमुख रेणुका काउचा मगरले ६२ करोड ४६ लाख ८१ हजार बराबरको बजेट सार्वजनिक गरेकी छन ।
यस वर्ष नगरपालिकाले कोरोना भाईरसको रोकथा, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार र रोजगारलाई प्राथमिकता दिएको छ । नगरपालिकाले ल्याएको बजेटमा कुल व्यय मध्ये चालु खर्च तर्फ ३४ करोड ९९ लाख र पुंजीगत तर्फ २७ करोड ४१ लाख ८१ हजार रहेको उप–प्रमुख काउचाले बताईन ।
यस वर्ष कृषि बाली तथा बागवानी विकास मा ६० लाख रुपैयाँ पशु विकासमा ५० लाख ५० हजार र वडा तर्फ कृषि सिंचाई तथा पशु विकासमा ८९ लाख रुपैयाँ सशर्त तर्फ कृषि तथा पशु विकासमा ५६ लाख गरी जम्मा.२ करोड ५५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
नगरपालिकाले पर्यटन प्रवर्द्धन कार्यक्रम र सहिद थिर बम मल्ल पार्क निर्माणको लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ भने, उधम विकास तथा रोजगार प्रवर्द्धन र सहकारी संस्था परिचालनको लागि २० लाख रुपैयाँ विनियोजन गरेको नगर उपप्रमुख काउचाले बताईन । त्यसैगरी बैदेशिक रोजगारबाट फर्केका र आफुमा भएको सीप तथा क्षमता प्रयोग गरी उधमी बन्न चाहनेहरुको नगर प्रमुख स्वरोजगार कार्यक्रम मार्फत .२८ लाख रुपैयाँ र अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत ३१ लाख गरी .५९ लाख रुपैयाँ विनियोजन गरिएको छ । गल्कोट नगरपालिका भित्रको नागरिकको यथार्थ जग्गा कायम गरी सम्पत्ति र भुमिकरको भारबाट जोगाउन जग्गाको पुन नापी र लगत कट्टा गर्ने कार्यको लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुर्ण सरसफाई नगर निर्माण अभियान कार्ययोजना निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा गल्कोट नगरपालिकाको फोहोर व्यवस्थापन गर्नो लागि ८ लाख बजेट विनियोजन गरेको भने युवा तथा खेलकुद विकास कार्यक्रमको लागि १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको काउचाले बताईन ।
त्यस्तै लैंगिक समानता तथा सामाजिक समावेशीकरण महिला जनजाति दलित अपांगहरुको लक्षित कार्यक्रम संचालनको लागि ३० लाख बजेट विनियोजन गरिएको नगरउपप्रमुख काउचाले बताईन । महिलाहरुलाई आत्मनिर्भर गराउनका निम्ती यस वर्ष पनि महिलासंग उप प्रमुख कार्यक्रमलाई निरन्तरता ४४ लाख बजेट विनियोजन गरिएको छ ।


नगरपालिकाले ज्येष्ठ नागिरकहरुको सम्मान को लागि विषेश भत्ता बापत .८ लाख रुपैयाँ र नगर शिक्षा कार्यक्रमको लागि ९० लाख ७४ हजार विनियोजन गरेको छ । नगरको स्वास्थ्य तथा सरसफाई कार्यक्रमको लागि रु.५७ लाख ५५ हजार रुपैयाँ छ भने प्रशासनिक भवन निर्माण गर्न आवश्यक जग्गा प्राप्ति र भवन निर्माणको लागि .२ करोड ५० लाख रुपैयाँ हेको छ । त्यसैगरी पाण्डबखानी रमुवा मोटरबाटो स्तरबृद्धि गरी सहज बनाउन .५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ भने संघिय सरकारको सहलगानीमा खरको छाना विस्थापन गरी जस्ता पाताले छाउने कार्य पुरा गर्न .१० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै विभिन्न आयोजना डि.पि.आर. गर्न २० लाख रुपैयाँ हटीया बीच बजार ढलान गर्ने कार्यमा नगरपालिकाबाट.९१ लाख रुपैयाँ वडा नं.४ को वडा कार्यालय भवन निर्माण सम्पन्न गर्नको लागि .१६ लाख रुपैयाँ, वडा नं.६ को वडा कार्यालय निर्माण सम्पन्न गर्नको लागि २५ लाख रुपैयाँ र वडा नं.९ को कार्यालय निर्माणमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले वडा नं.१ को कार्यालय भवन निर्माणको लागि .२५ लाख रुपैयाँ चुक्तीखोला कल्भर्ट निर्माणका लागि ३० लाख रुपैयाँ र चमुवाखोला वडा कार्यालय मुनी पक्की पुल निर्माण लागि .२० लाख रुपैयाँ वजेट विनियोजन गरेको उपप्रमुख काउचाले जानकारी दिईन । त्यसैगरी पुर्वाधार निर्माण तर्फ नै सर्दखेत खानेपानी आयोजना .२५ लाख रुपैयाँ र वडा नं. ७ सभाहल निर्माणका निम्ती .२० लाख विनियोजन गरिएको छ भने बरका बुटा पचुवा चांदेवगर बाटो ढलान कार्य २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगरले अधेरीखोला लागि १२ लाख वडा न.. ११ को वडा कार्यालय भवन सम्पन्न गर्नको लागि.१५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी सडक नियमित मर्मत संभारको लागि २३ लाख रुपैयाँ संघ तथा प्रदेश सरकारको सहलगानीमा विभिन्न आयोजना तथा कार्यक्रम संचालन गर्ने गरी समपुरक कोषमा ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नगरपालिकाले विपदको पुर्व तयारी रोकथाम तथा पुन स्थापना र राहतको लागि २० लाख कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि १ करोड विनियोजन र गल्कोट नगरपालिकालाई वाल मैत्री र प्रविधिमैत्री नगर घोषणा गर्न संघीय तथा प्रदेश सरकारको विशेष अनुदान मार्फत रु.१ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै समुदायमा रोजगारी सृजना गर्ने खालको र समुदायबाट छनौट गरी संचालन गर्ने गरी प्रधानमन्त्री रोजनगार कार्यक्रममा अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत .५१ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख काउचाले बताईन ।

नगर उपप्रमुख रेणुका काउचाद्धारा प्रस्तुत आव ०७७।०७८ काे बजेटकाे पुर्ण पाठ

गल्कोट नगरपालिका पांचौ नगरसभामा उप प्रमुख रेणुका काउचा मगर ज्युले प्रस्तुत गर्न तयार गरिएको आर्थिक वर्ष २०७।७८ को प्रस्तावित बजेट बक्तव्य

सातौं नगरसभाका श्रदेय अध्यक्ष ज्यु

नगरसभाका सम्पुर्ण सदस्य ज्युहरु,

कर्मचारी सञ्चारकर्मी तथा उपस्थित अन्य महानुभावहरु

गल्कोट नगरपालिकाको गरिमामय यस सभामा नगर उप प्रमुखको रुपमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्न उभिएकी छु । यस अवसरमा मुलुकको सार्वभौभिकता अखण्डता राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना एवम स्थानीय स्वायत्त सरकार गठन गर्नका लागि इतिहासका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु तथा निरंकुशताका विरुद्ध जीवन पर्यन्त संघर्ष गर्नुहुने दिवंगत नेताहरुप्रति भावपुर्ण श्रदान्जली प्रक प्रकट गर्दछु ।

 

लोकतान्त्रिक शासन व्यवस्थामा सार्वभौम जनताको भावना र आवश्यक्ता सम्बोधन गर्ने मुख्य माध्ययम बजेट तथा कार्यक्रम नै भएको कुरालाई हदयंगम गरी यस बजेट मार्फत विगत तीन वर्षको अठ्ठक प्रयासबाट हासिल भएको उपलब्धि को जगमा टेकेर गल्कोट नगरको विकास र समृद्धिको यात्रालाई तीव्रता दिने तथा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस लगायतका महामारीबाट नगरबासीको जीवन रक्षा गर्ने गहन जिम्मेवारी बोध गरेको छु ।

 

आगामी आर्थिक वर्षको बजेट नयां परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्नेतर्फ केन्द्रत हुनुपर्दछ भन्नेमा म सजग छु । यस अवस्थामा रोजगारीबाट विमुख भई घर फर्केकाहरुलाई स्वरोजगारपुर्ण क्रियाकलापमा संलग्न गराउने कृषि क्षेत्रकै पुनरुत्थान गर्ने नगरबासीको जीवन रक्षा गर्ने गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवो प्रत्याभुतिमार्फत भविष्यप्रति आधारयुक्त आशा जगाउने गरी मैले बजेट तर्जुमा गरेको छु ।

 

बजेट तर्जुमा गर्दा मैले मुलत नेपालको संविधानमा निर्दिष्ट राज्यका नीर्देशक सिद्धान्त तथा नीतिहरु संघीइ तथा प्रदेश सरकारका नीतिहरु तथा कार्यक्रम गल्कोट नगरपालिकाको यस गरिमामय सभाबाट स्वीकृत आ.व.०७७/७८ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम सभामा पेश प्राप्त सुझवहरुलगायत चालु अवधिक योजना एवम दिगो विकास लक्ष्यलाई आधार बनाएको छु । बजेट तर्जुमाको सिलसिलामा वडास्तरबाट आवश्यक्ताको पहिचान र प्रथमिकीकरण गरिएका विषयहरु विषयगत समितिमा भएको छलफल तथा विद्धत बर्गहरु लगायत सबैबाट प्राप्त रचनात्मक सुझवलाई समेत ध्यान दिएको छु ।

सम्मानित नगरसभाका अध्यक्ष महोदय

आगामी आर्थिक वर्ष ०७७/७८ को कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभन्दा पहिले गत आ.व.०७५/७६ को यथार्थ आय व्यय एवंचालु आ.व.०७६/७७ को संशोधित आय व्यय सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।

आर्थिक वर्ष २०७५/७६ मा आन्तरिक आय तर्फ रु.१३७१५०४९।१८ एककरोड सैंतीसलाख पन्ध्रहजार उनन्पचास र पैसा अठार संघीय सरकार राजस्व बांडफांडबाट प्राप्त रु.६७०२९९६४.९७ छकरोड सत्तरीलाख उनन्तीसहजार नौसय चौसठ्ठी र पैसा सन्तानब्बे प्रेदश सरकार राजस्व बांडफांडबाट रु.४३१५३०० त्रिचालीसलाख पन्ध्रहजार तीनसय प्राप्त भएको छ ।

त्यस्तै गरी संघीय सरकार समानीकरण अनुदानबाट रु.१०४९०००००।00 दशकरोड उनन्पचासलाख सशर्त अनुदान बाट रु.३४८२५०२४२ चौतीसहरोड बयासलाख पचासहजार दुईसय बयालीस प्रदेश सरकार समानीकरण अनुदानबाट रु.११७२५६००।00 एककरोड सत्रलाख पच्चीसहजार छसय र सशर्त अनुदान बाट रु.७२६९४०० बहत्तरलाख उनन्सत्तरीहजार चारसय र अन्य १२८३६५४५.५० एककरोड अठ्ठाईसलाख छत्तीसहजार पाचसय पैचालीस र पैसा पचास मात्र गरी कुल जम्मा आय ५७००४२१०१.६५ सन्ताउन्नलाख बयालीसहजार एकसय एक र पैसा पैसठ्ठी मात्र भएकोमा क्षेत्रगत विनियोजका आधारमा चालु खर्च रु.३६४२१२१३.१० तीनकरोड चौसठ्ठीलाख एक्काईसहजार दुईसय तेह्र र पैसा दश पुंजीगत खर्च १६९३८१९१३ सोह्रकरोड त्रियान्बेलाख एकासीहजार नौसय तेह्र र सशर्त संघीय तथा प्रदेश चालु र पुंजीगत खर्च रु.३३९८१५१६४ तेत्तीसकरोड अन्ठानब्बेलाख पन्ध्रहजार एकसय चौसठ्ठी गरी कुल रु.५४५६१८२९०.१० चवन्नकरोड छपन्नलाख अठारहजार दुईसय नब्बे र पैसा दश खर्च भई १६०८६६९३.९८ एककरोड साठीलाख छयासीहजार छसय त्रियानब्बे र पैसा अन्ठानब्बे मात्र सशर्त अनुदानको रकम फिर्ता गरी ८३३७११७.५७ त्रियासीलाख सैंतीससहजार एकसय सत्र र पैसा सन्ताउन्न मात्र चालु आर्थिक वर्ष ०७६/७७ मा जिम्मेवारी सरी आएको छ ।

सम्मानित नगरसभाका अध्यक्ष महोदय

अव म चालु आर्थिक वर्षा ०७६/७७ को संशोधित आय व्यय विवरण तथा कार्यक्रमहरु संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।

आन्तरिक आय कर दस्तुर राजस्व गत वर्षको मौज्दात समेत तर्फ रु.३८०००००० तीनकरोड असीलाख

संघिय सरकार राजस्व बांडफांडबाट प्राप्त रु.९६३००००० नौकरोड त्रिसठ्ठीलाख र समानीकरण अनुदान रु.११६२००००० एघारकोड बैसठ्ठीलाख र सशर्त अनुदान ३६९५००००० छत्तीसकरोड पन्चानव्वेलाख समपुरक अनुदान १३३०००००।00 एककरोड तेत्तीसलाख र विशेष अनुदान रु.२५००००० पच्चीसलाख गरी जम्मा रु. ५९७८००००० उनन्साठीलाख अठहत्तरहजार रुपैंया संशोधन सिहतको अनुमान गरिएको छ ।

त्यस्तै गरी प्रदेश सरकार राजस्व बांडफांड बाट प्राप्त हुने रु.४९५८००० उनन्पचासलाख अन्ठाउन्नहजार समानीकरण अनुदान रु.१२३३१००० एककरोड तेत्तीसलाख एकहजार र सशर्त अनुदान रु.९०५०००० नव्वेलाख पचासहजार गरी २६३३९००० दुईकरोड त्रिसठ्ठीलाख उनन्चालीसहजार रुपैंया गरी कुल आय ६६२०८९००० गरी छैसठ्ठीकरोड बीसलाख उनानब्बेहजार मात्र संशोधित आय हुने अनुमान प्रस्ताव गरी सोही बमोजिमका विभिन्न शिर्षकगत व्यय अनुमान गरिएको छ ।

श्रदेय अध्यक्ष महोदय

अव म आर्थिक वर्ष ०७७÷०७८ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्न अनुमति चाहन्छु । बजेटका उद्देश्यहरु निम्नानुसार रहेका छन् ः

  • कोरोना भाइरस लगायतका महामारीजन्य रोगबाट नगरवासीको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने ।
  • परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई समूहमा आवद्ध गरी व्यावसायिक कृषि तथा पशुपालनमा रुपान्तरण गर्ने,
  • सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासमार्फत समुन्नत एवम् समृद्ध नगर निर्माण गर्दै जाने,
  • स्थानीय सीप र उत्पादनको प्रवद्र्धन, साना तथा घरेलु उद्योगको प्रवद्र्धनमार्फत आर्थिक समुन्नति हासिल गर्ने
  • नगरको सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी एवम् भ्रष्टाचारमुक्त बनाई वास्तविक रुपमा जनतालाई सुशासनको अनुभूति दिलाउने ।

बजेटका उद्देश्यहरु पूरा गर्न मैले देहायअनुसार क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता निर्धारण गरेको छु ः

  • कोरोना भाइरस लगायतका महामारीजन्य रोगबाट नगरवासीको जीवन रक्षा गर्न र गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्न ।
  • स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण तथा स्तरोन्नति र आधारभूत स्वास्थ्य सामग्रीको व्यवस्था, व्यावसायिक कृषि तथा पशुपालनका लागि अनुदान, क्षमता विकास, बाँझो जग्गाको उपयोग तथा प्राविधिक सहयोग, रोजगारी तथा स्वरोजगारीमार्फत आयआर्जन वृद्धि गर्न
  • उद्यमशिल रोजगार सिर्जना, सीप विकास तथा सहकारिता,गुणस्तरीय र शिक्षामा समतामूलक पहुँच विस्तारका लागि प्रारम्भिक बालविकास केन्द्रको विस्तार, क्षमता विकास, बालमैत्री तथा प्रविधिमैत्री सिकाइका लागि पूर्वाधार तयार, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारको विकास, निर्माण तथा सम्भार, नगरपालिका भवन निर्माणका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन, चुस्त, गुणस्तरीय तथा पहुँचयुक्त सार्वजनिक सेवा र उत्तरदायी एवम् पारदर्शी सेवा प्रवाहको सुदृढीकरण पर्यटन पूर्वाधारको विकास र प्रर्वद्धन गर्ने ।
  • संघीय तथा प्रदेशसँगको सहकार्य र सहलगानीका लागि क्षेत्रहरु पहिचान गरी योजना वनाई प्रस्तुत गरी कार्यान्वयन गर्ने ।
    नगरपालिकाको क्षमता भन्दा बाहिर रहेका र विकासको प्रचुर सम्भावना भएका क्षेत्रहरुको अध्ययन तथा अनुसन्धान गरी प्राथमिकता निर्धारण गरी अगाडि वढाउने ।
    विभिन्न आयोजनाका म्एच् तथा गुरु योजना निर्माण एवं कार्यान्वयन गर्ने ।

सभाका श्रदेय अध्यक्ष महोदय

अव म आर्थिक वर्ष ०७६/७७ का लागि अनुमानित आयका आधारमा नगरको समग्र लगानीलाई आर्थिक विकास सामाजिक विकास पुर्वाधार विकास सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र कार्यालय संचालन तथा प्रशासनिक प्रधानमन्त्री रोजगार कार्यक्रम समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा अगामी आर्थिक वर्षका लागी अनुमानित आय व्ययको विवरण संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।

आय तर्फ

संघिय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रु ११५२०००००।०० एघारकरोड बाउन्नलाख राजस्व बांडफाडबाट प्राप्त हुने रकम रु.९१६०५०००।००नौकरोड सोह्रलाख पांचहजार सशर्त अनुदान बाट रु.३१९४०००००।०० एकतीसकरोड चौरानब्बेलाख विशेष अनुदान बापत रु.१०००००००।०० एककरोड मात्र गरी कुल जम्मा रु. ५३६२०५०००।०० त्रिपन्नकरोड बैसठ्ठीलाख पांचहजार मात्र ।

 

प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रु.१२३१०००० एककरोड तेईसलाख दशहजार राजस्व बांडफांडबाट रु.५६६६०००।०० छपन्नलाख छैसठ्ठीहजार सशर्त अनुदान बाट रु.५००००००।०० पचास लाख र विशेष अनुदान बाट रु.५००००००।०० पचास लाख गरी कुल जम्मा रु.२७९७६०००।०० दुईकरोड उनासीलाख छेहत्तरहजार मात्र

 

आन्तरिक आय स्थानीय कर दस्तुर सेवा शुल्क समेत गरी ३४५०००००।०० तीनकरोड पैचालीसलाख र विविध आय गत वर्षको मौज्दात समेत रु.२६००००००।०० दुईकरोड साठी लाख गरी जम्मा रु.६०५०००००।०० छकरोड पांचलाख मात्र गरी जम्मा कुल आय रु.६२४६८१०००।०० बैसठ्ठीकरोड छयालीसलाख एकासीहजार मात्र आय अनुमान प्रस्ताव गरिएको छ । समग्र आयको विवरण अनुसुची १ मा संलग्न गरिएको छ ।

 

सभाका श्रदेय अध्यक्ष महोदय

अव म आगामी आर्थिक वर्षा ०७७/७८ को लागि अनुमानित आय रु.६२४६८१०००।०० बैसठ्ठी करोड छयालीसलाख एकासीहजार मध्येबाट अनुमानित व्ययको विवरण प्रस्तुत गर्दछु ।

  • कुल व्यय मध्ये चालु खर्च तर्फ ३४ करोड ९९ लाख ५६ प्रतिशत पुंजीगत तर्फ २७ करोड ४१ लाख ८१ हजार ४३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु.५ लाख ०.०८ प्रतिशत विनियोजन गरिएको छ ।
  • कृषि बाली तथा बागवानी विकास मा रु.६० लाख पशु विकासमा ५० लाख ५० हजार र वडा तर्फ कृषि सिंचाई तथा पशु विकासमा रु.८९ लाख सशर्त तर्फ कृषि तथा पशु विकासमा रु.५६ लाख गरी जम्मा रु.२ करोड ५५ लाख ५० हजार विनियोजन गरेको छु ।
  • पर्यटन प्रवर्द्धन कार्यक्रम र सहिद थिर बम मल्ल पार्क निर्माणको लागि रु.१५०००००। पन्ध्रलाख विनियोजन गरेको छु ।
  • उधम विकास तथा रोजगार प्रवर्द्धन र सहकारी संस्था परिचालनको लागि विभिन्न शिर्षकमा रु.२० लाख विनियोजन गरेको छु ।
  • बैदेशिक रोजगारबाट फर्केका र आफुमा भएको सीप तथा क्षमता प्रयोग गरी सधमी बन्न चाहनेहरुको नगर प्रमुख स्वरोजगार कार्यक्रम मार्फत रु.२८ लाख र अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत रु.३१ लाख गरी रु.५९ लाख विनियोजन गरेको छु ।
  • गल्कोट नगरपालिका भित्रको नागरिकको यथार्थ जग्गा कायम गरी सम्पत्ति र भुमिकर को भारबाट जोगाउन जग्गाको पुन नापी र लगत कट्टा गर्ने कार्यको लागि रु.५ लाख विनियोजन गरेको छु ।
  • पुर्ण सरसफाई नगर निर्माण अभियान कार्ययोजना निर्माणको लागि आवश्यक बजेट विनियोथजन गरेको छु ।
  • सार्वजनिक निजी साझेदारीमा गल्कोट नगरपालिकाको फोहोर व्यवस्थापन गर्नो लागि रु.८ लाख बजेट विनियोजन गरेको छु ।
  • युवा तथा खेलकुद विकास कार्यक्रमको लागि रु.१५ लाख ५० हजार बिनियोजन गरेको छु ।
  • लैंगिक समानता तथा सामाजिक समावेशीकरण महिला जनजाति दलित अपांगहरुको लक्षित कार्यक्रम संचालनो लागि रु.३० लाख बजेट विनियोजन गरेको छु ।
  • महिलाहरुलाई आत्मनिर्भर गराउन महिलासंग उप प्रमुख कार्यक्रमलाई निरन्तरता दिई रु.४४ लाख बजेट विनियोजन गरेको छु ।
  • ज्येष्ठ नागिरकहरुको सम्मान को लागि विषेश भत्ता बापत रु.८ लख विनियोजन गरेको छु ।
  • गल्कोट माध्यमिक विधालय र जनजागृति माध्यमिक विधालयको साझेदारीमा बस खरिद गर्न प्रति विधालय रु.१२ लाख ५० हजार गरी रु. २५ लाख तथा नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम विधार्थीसंग नगर प्रमुख र उपप्रमुख तथा विधार्थीको घर आगनमा शिक्षक जस्ता कार्य गर्न नगर शिक्षा कार्यक्रमको लागि रु.९० लाख ७४ हजार विनियोजन गरेको छु ।
  • नगरको स्वास्थ्य तथा सरसफाई कार्यक्रमको लागि रु.५७ लाख ५५ हजार विनियोजन गरेको छु ।
  • गल्कोट नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न आवश्यक जग्गा प्राप्ति र भवन निर्माणको लागि रु.२ करोड ५० लाख विनियोजन गरेको छु ।
  • पाण्डबखानी रमुवा मोटरबाटो स्तरबृद्धि गरी सहज बनाउन रु.५० लाख बजेट विनियोजन गरेको छु ।
  • संघिय सरकारको सहलगानीमा खरको छाना विस्थापन गरी जस्ता पाताले छाउने कार्य पुरा गर्न रु.१० लाख विनियोजन गरेको छु ।
  • विभिन्न सम्भावित आयोजनाहरुको डि.पि.आर. गर्न रु.२० लाख विनियोजन गरेको छु ।
  • स्थानीयको ३० प्रतिशत नगद सहभागितामा कार्य गर्ने गरी हटीया बीच बजार ढलान गर्ने कार्यमा नगरपालिकाबाट रु.७० लाख र स्थानीय सहभागिता रु.2१ लाख गरी कुल रु.९१ लाख विनियोजन गरेको छु ।
  • वडा नं.४ को वडा कार्यालय भवन निर्माण सम्पन्न गर्नको लागि रु.१६ लख वडा नं.६ को वडा कार्यालय निर्माण सम्पन्न गर्नको लागि रु २५ लाख र वडा नं.९ को कार्यालय निर्माणमा रु.१५ लाख बजेट विनियोजन गरेको छु
  • वडा नं.१ को कार्यालय भवन निर्माणको लागि रु.२५ लाख विनियोजन गरेको छु ।
  • चुक्तीखोला कल्भर्ट निर्माण वडा नं.२ को लागि रु.३० लाख विनियोजन गरेको छु ।
  • चमुवाखोला वडा कार्यालय मुनी पक्की पुल निर्माण वडा नं.४ को लागि रु.२० लाख वजेट विनियोजन गरेको छु सर्दखेत खानेपानी आयोजना वडा नं.५ को लागि रु.२५ लाख विनियोजन गरेको छु ।
  • सभाहल निर्माण वडा नं.७ मा रु.२० लाख विनियोजन गरेको छु ।
  • बरका बुटा पचुवा चांदेवगर बाटो ढलान कार्य वडा नं.८ को लागि रु.२५लाख विनियोजन गरेको छु ।
  • अधेरीखोला तटबन्ध वडा नं.१० को लागि रु.१२ लाख विनियोजन गरेको छु ।
  • वडा नं.११ को वडा कार्यालय भवन सम्पन्न गर्नको लागि रु.१५ लाख विनियोजन गरेको छु ।
  • सडक नियमित मर्मत संभारको लागि रु.23 लख विनियोजन गरेको छु ।
  • संघ तथा प्रदेश सरकारको सहलगानीमा विभिन्न आयोजना तथा कार्यक्रम संचालन गर्ने गरी समपुरक कोष मा रु.३० लाख विनियोजन गरेको छु ।
  • विपदको पुर्व तयारी रोकथाम तथा पुन स्थापना र राहतको लागि रु. २० लाख विनियोजन गरेको छु ।
  • कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि रु.१ करोड विनियोजन गरेको छु ।
  • गल्कोट नगरपालिकालाई वाल मैत्री र प्रविधिमैत्री नगर घोषणा गर्न संघीय तथा प्रदेश सरकारको विशेष अनुदान मार्फत रु.१ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
  • समुदायमा रोजगारी सृजना गर्ने खालको र समुदायबाट छनौट गरी संचालन गर्ने गरी प्रधानमन्त्री रोजनगार कार्यक्रममा अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत रु.५१ लाख विनियोजन गरिएको छ ।

 

सम्मानित सभाका अध्यक्ष महोदय  

आगामी आर्थिक वर्ष ०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमले निर्देशित गरे बमोजिम यस बजेट तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने प्रयत्न गरिएको छ । सीमित श्रोत र साधन बाट दिगो र ठोस उपलब्धि हासिल होस भन्ने उद्धेश्यले आवश्यक्ताका आधारमा रकम विनियोजन गर्ने प्रायास गरिएको छ । आयोजना तर्जुमा मात्र महत्वपुर्ण विषय होईन यसको लक्ष्य एवं उद्धेश्य प्राप्तिका लागि प्रभावकारी कार्यान्वयन अनुगमन मुल्याकंन तथा यथार्थ उपलब्धिको नजिक पुग्न सक्नु महत्वपुर्ण हुन्छ । यस बजेट नीति तथा कार्यक्रम कार्यान्वयनमा सम्पुर्ण नगरबासीहरुको सकारात्मक सहयोग सल्लाह सुझव एवं सिर्जनात्मक आलोचना र पृष्ठपोषण प्रप्त हुने विस्वास लिएको छु ।

अन्त्यमा गल्कोट नगरपालिकाको चौथो बजेट तर्जुमा गर्ने कार्यमा मार्गदर्शन दिने नगर प्रमुख ज्यु बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरु कार्यपालिका सदस्यज्युहरु प्रमुख प्रशासकीय अधिकृत ज्यु नगर सभा सदस्य. गल्कोटवासी सम्पूर्ण बुबा,आमा,दाजुभार्इ, दिदीबहिनीहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि, पत्रकार मित्रहरु र गल्कोट नगरपालिकामा कार्यरत सवै राष्ट्रसेवक कर्मचारीहरुबाट प्राप्त राय सल्लाह सुझाव र सहयोग प्रति हार्दिक आभार प्रकट गर्दछु। यो बजेट कार्यान्वयनमा पनि सोही अनुसारको सल्लाह सुझाव एवं सहयोगको समेत अपेक्षा व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।