काठमाडौं । सरकारले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएप नि सर्ने खालको नहुने दाबी गर्नु भएको हो ।
सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उहाँले बताउनुभयो ।
प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि गरेको बताउनुभयो ।
ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उहाँले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गर्नुभयो ।
सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गर्नुभयो ।
जनचेतना को लागि सियर गर्नुहोला