काठमाडौँमा आगो झैँ फैलियो को*रोना, फेरि थपिए यति धेरै संक्रमित, कुन स्थानमा थपिए त ?

काठमाडौं । काठमाडौं उपत्यकाका को*रोना भाइरस संक्रमण तिब्र गतिमा फैलिएको देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ५४ जना को*रोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समय काठमाडौंमा को*रोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा को*रोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । को*रोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →