ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा को*रोना सङ्क्रमण

ब्राजिल । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा को*रोना भाइरसको सङ्क्रमण देखिएको छ ।

६५ वर्षिय राष्ट्रपति बोलसोनारोले हिजो टेलिभिजनमार्फत् सम्बोधन गर्दै आफूमा को*रोना भाइर’सको संक्रमण देखिएको जानकारी दिनुभएको हो । उच्च ज्वरोका कारण उहाँले को*रोना भाइर’सको परीक्षण गराउनुभएको थियो ।

हिजो आएको रिपोर्टमा उहाँलाई को*रोना भाइर’सको सङ्क्रमण देखिएको उल्लेख गर्दै यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो । उहाँ मास्क र सामाजिक दूरीको पक्षमा नभएको भन्दै आलोचना हुने गरेको थियो ।

ब्राजिल को*रोना भाइर’सको सङ्क्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो । ब्राजिलमा को*रोना भाइ’रस सङ्क्रमणका कारण ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →