काँग्रेस नेतृ आरजु राणाको सहयोगमा बागलुङ पर्वत र म्याग्दीमा स्वास्थ्य सुरक्षा सामाग्री

बागलुङ-
नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाको सहयोगमा धौलागिरीका तीन जिल्ला बागलुङ पर्वत र म्याग्दीमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । राणाले नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ र नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) मार्फत स्वास्थ्य सामाग्री पठाएकी थिईन । प्रत्येक जिल्लाका लागि कोरोना विरुद्धका अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री जिल्ला कामाण्ड पोष्टका संयोजक एवं प्रमुख जिल्ला अधिकारी समक्ष बुझाईएको छ ।


कोषाध्यक्ष गुरुङ र अध्यक्ष मल्ल सहितको टोलीले बुधबार धौलागिरीका तिन वटै जिल्लामा उक्त स्वास्थ्य सामाग्री हस्तान्तण गरेका छन । उक्त स्वास्थ्य सामाग्री पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मी, बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुं र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गरिएको थियो ।
प्रत्येक जिल्लाका लागि बिस/बिस थान पीपीई सेट, दश/दश लिटर सेनिटाइजर, १२ सय थान सर्जिकल ग्लोब्स, १६ सय पिस पिस नर्मल मास्क, र ३०/३० पिस एन ९५ माक्स, र बुट रहेको तरुणदलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङले जानकारी दिए ।
युवा नेता गुरुङले हरेक महामारी र विपत्ति सबैको साझा समस्या भएकोले यस्ता विपत्ती विरुद्धको अभियानमा एक भएर अघि बढ्नुको विकल्प नरहेको उनले बताए । महामारीको बेलामा प्रतिपक्ष भए पनि बलियो साथ रहने गुरुङले बताए । उनले सामग्री सहयोग गर्ने काँग्रेसका प्रभावशाली नेतृ आरजु राणा देउवा र सामग्री ल्याउन पहल गर्ने नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को प्रशंसा गरेका थिए । महामारीको समयमा जिल्लामा अग्रपङ्तीमा खटिनेका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेकोमा बागलुङका प्रमुख जिल्ला अधिकारीले गौलोचन शैंजुले धन्यबाद प्रकट गरेका थिए ।
बागलुङमा भएको कार्यक्रममा काँग्रेस बागलुङका पुर्व सभापति प्रकाश शर्मा पौडेल, सचिव नवराज पौडेल र कोषाध्यक्ष उमेश गौतम लगायतको सहभागी थियो भने पर्वतको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरी लगायतका नेताहरु थिए । मंगलबार पनि काँग्रेस बागलुङका भातृ एवं सुभेच्छुक संस्थाहरुले जिल्लाका प्रत्येक स्थानिय तहको क्वारेन्टाईन व्यवस्थापनका १ लाख ७९ हजार ३५ रुपैयाँ निम्ती सहयोग गरेका छन ।