बागलुङ-
जिल्लामामा एकै दिन ५२ जनाले कोरोना जितेर घर फर्किएका छन । कोरोना संक्रमण देखिएपछि बागलुङ सदरमुकामको धौलागिरी बहुमुखी क्याम्पसको प्रिआइसोलेसन, धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको प्रिआइसोलेसन र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलशन र निसीभुजी जनता क्याम्पसको प्रि आईसोलेनमा रहेका संक्रमितको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि बुधबार आईसोलेशनबाट घर फर्किएका छन ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेशन र निसीभुजी जनता क्याम्पसको प्रि आईसोलेशनमा बसेका ३१ जना घर फर्किएको छन । त्यस्तै बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा बसेका काठेखोला गाउँपालिकका ७ जना, धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका बागलुङ नगरपालिकाका १२ जना र बरेङ गाउँपालिकाका २ जना जम्मा ५२ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । घर फर्किएकालाई कम्तिमा दुई साता होमक्वारेन्टाईनमा नै बस्नका निम्ती आग्रह गरिएको छ ।
यो सँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या १ सय ६७ पुगेको छ । जिल्लामा एक जना युवाको कोरोनाकै कारण गत आईतबार मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो मापदण्ड अनुसार १० दिनमा कुनै लक्षण नदिएको हकमा संक्रमण नसर्ने तथ्यलाई आधार बनाएर आइसोलेसनबाटै नेपाल सरकारले १४ दिनमा घर फिर्ता पठाउन निर्देशन दिएको थियो । तर, गण्डकी प्रदेशमा भने आइसोलेसनमा उपचाररत संक्रमितको पछिल्लो रिपोर्ट नआई घर नपठाउन निर्णय अनुसार पछिल्लो रिर्पोट नेगेटिभ आए पछि मात्र उनिहरु घर फर्किएका हनु ।