काठमाडौ । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा पाँचजनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्राालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना देखिएको जानकारी दिए ।
त्यसैगरी वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुईजनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले पुष्टि गरे ।