हाँस्य कलाकार केदार प्रसाद घिमिरेले ‘महानायक’ विवादमा आफ्नो मुख खोलेका छन् । नायिका दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवाद अझै साम्य भएको छैन ।
दीपाश्रीले माफि मागिसकेपछि पनि उनलाई गाली आउन नछाडेपछि चलचित्रकर्मीले आफ्नो भनाई सार्वजनिक गर्न थालेका हुन् ।
केदार लेख्छन्–‘हो दीपा दिदीको गल्ती थियो, माफि पनि मागी सक्नुभयो । म पनि महानायक राजेश हमालसँग व्यक्तिगत रुपमा माफि माग्दछु । कुन गल्तीको सजायँ कति भन्ने पनि त होलानी । छिमेकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ?’
केदारले चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झन्डै दोश्रो पटक डिप्रेशनमा गएको पनि उल्लेख गरेका छन् ।
‘छक्का पन्जा’को टिमबाट आफूलाई निकाल्दा चलचित्रको अस्तित्व नै सकिने भनेर आएको प्रतिक्रियामा उनले लेखेका छन्–‘हाम्रो टिममा सबै लेखक र निर्देशक छौं । आफू आफै पनि छुट्टाछुट्टै रुपमा चलचि बनाउन सक्छौ ।
तर, छुट्टाछुट्टै चलचित्र बनाउँदा चलचित्र कमजोर नबनोस्, दर्शक निराश भएर नफर्किउन् भनेर हामी एक आपसमा मिल्छौ ।’ केदारले दीपाश्री निकै दयालु भएको भन्दै उनले गरिरहेको सामाजिक कार्यको पनि चर्चा गरेका छन् ।