रुपन्देही । रुपन्देही जिल्लामा आइतबारदेखि सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । गृहमन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा सुरक्षित तरिकाले यातायात सञ्चालन गरिएको लुम्बिनी मेट्रो सिटी प्रालिका एसी बस सञ्चालनमा ल्याएको छ ।
रुपन्देही जिल्लामा को*रोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण लामो समयसम्म थन्किएका सार्वजनिक बस आज देखी सञ्चालनमा आएका छन् । लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधा सहितका बसहरु आज आइतबारदेखि सञ्चालनमा आएका हुन् । प्रालिको शुक्रबार बसेको बैठकले आइतबारबाट आफ्नो यातायात सञ्चालन गर्ने निर्णय गरेको थियोे ।
गृह मन्त्रमलयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरि सञ्चालनमा ल्याउने निर्णय गरेको प्रालिले जानकारी दिएको छ । गृहमन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा सुरक्षित तरिकाले यातायात सञ्चालन गरिएको लुम्बिनी मेट्रो सिटी प्रालिका एसी बसका सञ्चालक प्रकाश पुनले जानकारी दिनुभयो ।
यात्रुलाई बसमा चढाउनुअघि पीपीई लगाएका सहचालकले सेनिटाइजर र थर्मल गर्न ज्वरो जाँच गरेर मात्र बसभित्र प्रवेश दिइएको छ । बसभित्र भौतिक दूरी कायम गरिएको छ ।
यस्तै बस भित्र यात्रा गर्ने प्रत्येक यात्रुको सम्पर्क नम्बर सहित नामावली पनि राखिएको छ । हाल ८ वटा बस सञ्चालनमा ल्याएको प्रालिले बेलहिया (सुनौलीसम्म) नाकादेखि बुटवल गोलपार्क र बर्दघाटसम्म आधा–आधा घन्टामा सवारी साधन सञ्चालन गर्ने बताएको छ ।
सार्वजनिक यातायातका साधन सञ्चालनमा आए पछि आफहरुलाई सहज भएको यात्रुहरुले प्रतिक्रिया दिएका छन् । बिशेष गरि सरकारी कार्यालयमा काम गर्ने कर्मचारी, अस्पताल जानु पर्ने बिरामी लगायतलाई सार्वजनिक यातायातका सधान सञ्चालन नहुदा कठिनाई भई रहेको थियो ।
सार्वजनिक यातायातका साधन सञ्चालनमा आए पनि पहिलो दिन आशा गरिए अनुसारको कमाई नभएको ब्यवसायीको भनाइ छ । सुरुमा गाडी चल्यो भन्ने सन्देश दिने उद्देश्यले पाएको सवारीमा नै खुशी लागेको ब्यवसायीको भनाई छ । पिपिई लगाएको कारण स्वास्थ्यको दृष्टिकोणले केही फाईदा भए पनि तराईको प्रचण्डा गर्मीको कारण पीपीई लगाई रहन कठिनाई हुने सकचालक किशोर प्रसाद थारुको भनाई छ
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने अहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्न नसकिने बताएको थियो । महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउन पछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो ।