फोटो खिच्न बेहुलीले अनुहारबाट बुर्का हटाइन्, त्यसपछि जे भयो कसैले सोचेका थिएनन्

रियाध। साउदी अरबमा एक व्यक्तिको विवाह भएको थियो ।

विवाहपछि फोटोग्राफरले फोटो खिच्नको लागि महिलालाई अनुहारबाट बुर्का हटाउन भने ।

बेहुलीले बुर्का हटाइन् । त्यसपछि जब बेहुलाले आफ्नी पत्नीको अनुहार देखे उनले तत्कालै पत्नीलाई तलाक (सम्बन्धविच्छेद) दिने निर्णय गरे ।

यो घटना उनको बिहेको दिन नै भएको थियो ।

बेहुलाबेहुलीले यसअघि एक अर्कालाई देखेका थिएनन् त्यसैले यस्तो भयो ।

यो घटनापनि मानिसहरुले सामाजिक संजालमा बेहुलाको निकै विरोध गरेका छन् ।

साउदी अरबको पश्चिमी शहर मदिनामा घटना भएको हो ।

उनले पत्नीको अनुहार देख्नासाथ तलाक दिएपछि बेहुलीको बेहाल भएको समाचारमा जनाइएको छ ।

बेहुलीको अनुहार देख्नासाथ बेहुला रिसले रातै भए । उनी आफ्नो ठाउँबाट उठेर भने ‘तिमी त्यो केटी होइन जसको कल्पना मैले गरेको थिएँ ।

मलाई माफ गर्नु तर म तिमीसँग बिहे गर्न सक्दिन । म तिमीलाई तलाक दिन्छु ।’ स्थानीय अखबार ‘डेली ओकाज’का अनुसार बेहुलाको कुरा सुन्नासाथ बेहुलीलाई झट्का लाग्यो र उनी रुन थालिन् ।

रुँदा रुँदा उनको बेहाल भएको बताइएको छ । त्यहाँ आएका पाहुनाले बेहुलालाई सम्झाउने निकै कोसिस गरे तर केही फाइदा भएन ।

बेहुलाका अनुसार उनले बिहेअघि बेहुलीको अनुहार देखेका थिएनन् । बिहेको दिन बेहुलीको अनुहार देखेपछि उनलाई निकै नराम्रो लाग्यो ।

त्यसपछि उनले बिहे नगर्ने निर्णय गरे ।

यी बेहुलाबारे खबर फैलिएपछि सामाजिक संजालमा मानिसहरुले निकै आक्रोश व्यक्त गरेका छन् । विशेषगरी महिलाहरुले ती बेहुलालाई निकै गाली गरेका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →