बागलुङकाे पैयुँथन्थापमा पहिरोले एक घर बगायो

बागलुङ –
अविरल परेको वर्षा सँगै आएको पहिराले जिल्लाको दक्षिण जैमिनी नगरपालिक नगरपालिका –९ पैयुँथन्थापममा एक घर बगाएको छ । मंगलबार विहाना पैयुँथन्थाप पिप्लेका स्थानिय टिकाराम शर्माको घर बगाएको छ । पहिरोले सोही स्थानकी उमा शर्माको गोठ पनि बगाएको छ । बिहानको साढे सात बजे सयमा घरगोठको काम सकेर पिँडीको डिलमा बसेका टिकारामले घरमुनीकोबाट पहिरो बग्दै गरेको देखेपछि हतार हतार गर्दै भैंसीको दाम्लो र भान्छामा रहेकी श्रीमतीको हात समातेर भागेका थिए । जसोतसो ज्यान जोगाएका उनिहरुको घरमा रहेको खाद्यान्न, धनसम्पत्ती र लत्ताकपडा सबै पुरिए । साढे सात बजेसम्म बसेको पिँडीको नामो निसान आधा घण्टापछि टिकारामले फेला पारेनन् । उनको चार तोला सुन, ६० हजार पैसा घरमै थिए, ति सबै माटोमा मिले माटोमा मिले । बर्षा लागेपछि स्तरोन्नतीको नाममा खनिएको बाटोको भित्रीभागमा उनको घर पुरिएको छ । पिप्लेका टिकाराम र उमा शर्माको उठिवास लगाएको पहिरोले स्थानीय गंगा देवी शर्मा, दुर्गा प्रसाद शर्मा, प्रेम शर्मा, भवानीश्वर शर्मा र छविलाल जिसीको परिवार बिस्थापित बनेको छ । आसपासमा रहेको जमिन बगिरहेकाले बारी, खरबारी समेत पुरिएको वडा अध्यक्ष झविन्द्र थापाले बताए । अहिले बिस्थापित सबै आफन्तकोमा शरण मागेर बसेका छन् ।
जैमिनी नगरपालिकाको दिगो बिकास कार्यक्रमअन्र्तगत दश लाख रुपैयाँ खर्चेर स्तरोन्नतीको काम उक्त सडकमा भएको थियो । पहिरो आए पछि तत्कालका लागि कुश्मिसेरा बाट प्रहरी घटना स्थलमा पुगेको थियो । प्रहरीले मंगलबार दिन भरी नै पुरिएको घरको लत्ताकपडा तथा गरगहनाको खोजी कार्य गरेको थियो । पहिरोबाट कति क्षती भयो त्यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।