काठमाडौं- बुधबार काठमाडौंमा थप ७ जनामा को*रोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित को*रोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ७ जना संक्रमित थपिएको जानकारी दिएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनामा को*रोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो।
काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय १६ जनामा को*रोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६सय ९७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ।
२४ घण्टायता थप ११६ जनामा को*रोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित
काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ११६ जनामा को*रोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा को*रोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ।
बुधबार थप ६९७ जना को*रोना संक्रमणमुक्त भएका छन्।
योसहित नेपालमा हालसम्म ११ हजार २५ उपचारपछि निको भएका छन्।
नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव २ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
मंगलबारसम्म नेपालमा ३८ जना को*रोना संक्रमितको मृ’त्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
बुधबार ५ हजार ९० जनाको को*रोना परीक्षण भएको छ।
हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको को*रोना परीक्षण भएको हो। २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा छन् भने ६ हाजर १ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।