आज काठमाडौंमा कति को*रोना संक्रमित थपिए त ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकजना मात्रै को*रोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा एकजनामा को*रोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका एकजनामा मात्रै को*रोना संक्रमण देखिएको हो।

यसअघि बुधबारसम्म काठमाडौंमा २४४ जना, ललितपुरमा ७५ जना र भक्तपुरमा ४५ जनामा को*रोना संक्रमण देखिएको थियो ।

को*रोना संक्रमणको दर कम भएपनि जोखिम हटेको छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा को*रोना भाइरसको संक्रमण दरमा कमी आएपनि जोखिम भने कम नभएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले परीक्षण कम भन्दा पनि विदेशबाट आएकाहरु घटेको र क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा कमी आएका कारण परीक्षणको दायरा कम भएको बताए ।

प्रवक्ता गौतमले विदेशबाट हवाइ तथा स्थलमार्गबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयल कटिबद्ध रहेको बताए ।
‘ हवाई तथा स्थलमार्गबाट आउनेहरुको पीसीआर गराउन मन्त्रालय कटिबद्ध छ’ डा गौतमले भने ।

डा गौतमले पछिल्लो २४ घन्टामा १सय ६७ जनालाई को*रोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । यससँगै नेपालमा को*रोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१३ जना को*रोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा को*रोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ । को*रोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ रहेको उनले बताए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →