विमानमा यात्रुहरुले निकै विचित्र माग गर्ने गरेका घटनाहरु हामीले सुरिहेका हुन्छौं ।
यस्तै एक घटना जापानमा भएको छ ।
जापानमा एक यात्रुको विचित्र मागलाई एयरहोस्टेसले निकै सिर्जनात्मक तरिकाले पूरा गरिदिएकी छिन् ।
उनको यो तरिका देखेर विमानका अन्य यात्रु पनि चकित परेका थिए । अर्का एक यात्रुले यो घटनाको फोटो खिचेर सामाजिक संजालमा शेयर गरेका छन् ।
जापानको एक फ्लाइटको क्रममा एक यात्रुले एयरहोस्टेससँग अचानक सिट फेर्न माग गरिरहेका थिए । खासमा ती यात्रुले झ्यालको सिट बुक गरेका थिए ।
तर, जुन सिटमा उनले यात्रा गरिरहेका थिए त्यहाँ केबिन मात्र थियो ।
ती यात्रुले बारम्बार सिट बदल्न माग गरिरहेका थिए तर सबै सिट भरिएको हुँदा एयरहोस्टेसले सिट बदल्न असमर्थ भएको जनाइन् ।
यात्रुले भने झ्यालको सिट नभएका कारण आफूले फ्लाइटको पूरा आनन्द लिन नपाएको गुनासो गरिरहेका थिए ।
ती यात्रुले झ्यालको सिट नपाएका कारण बादल, समुद्र आदि दृश्यको आनद लिन नपाएको गुनासो गरिरहेका थिए ।
ती यात्रुको लगातारको मागबाट दिक्क भएकी एयरहोस्टेसले समस्या समाधानको लागि निनकै स्मार्ट आइडिया निकालिन् ।
उनले एउटा कागजमा कलमले बादल, समुद्रको दृश्यको चित्र बनाइदिइन् र ती यात्रुको सिटको अगाडिपट्टि टाँसिदिइन् । अर्का यात्रुले टाँसिएको चित्रको फोटो खिचेर सामाजिक संजालमा शेयर गरिदिएका छन् ।
एजेन्सी