नेपालमा आज तीन महिनायताकै सबैभन्दा कम संक्रमित फेला, संक्रमितभन्दा निको हुने बढी

काठमाडौं । नेपालमा थप ५७ जना नयाँ कोरोना संक्रमित थपिँदा १ सय ३ जना डिस्चार्ज भएका छन् । नेपालको पछिल्लो तथ्याङ्कअनुसार कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार भएको ३ हजार ३ सय ३१ वटा पीसीआर परीक्षणमा ५७ जनामा पोजेटिभ देखिएको हो ।

अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ८ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८ जना उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना संक्रमित उपचाररत रहेका छन् ।

अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ । देशभरी २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →