तिब्बतको ताल फुट्न सक्ने चेतावनी, भोटेकोशी तथा बाह्रबिसे क्षेत्रमा बस्ती सार्न निर्देशन

काठमाडौ । तिब्बतको खासास्थित केरुङ च्छो ताल फुट्ने सम्भावना बढेपछि दुबै देशमा सतर्कता अपनाइएको छ।

हिँजदेखिको अविरल वर्षापछि तालमा पानी भरिएको छ। ताल फुट्ने सम्भावना रहेको भन्दै तिब्बततिरका नागरिकलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सारिसकेको छ।

सिन्धुपाल्चोक जिल्ला प्रशासनले पनि सतर्क रहन भोटेकोशी आसपासका नागरिकलाई अपिल गरेको छ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना निकालेर भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकालगायत क्षेत्रका स्थानीय बजार तथा बस्ती बगाउनसक्ने भन्दै सचेत रहन अपिल गरेका छन्।

‘चिनियाँ पक्षबाट पोखरी फुटनसक्ने आँकलन भएकालले बस्ती सार्न निर्देशन दिइएको होु प्रमुख जिल्ला अधिकारी ढकालले भने फुटेमा भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्छ।’

यसैबीच बाढी सूचना केन्द्रले चीनको खासामा ‘केरूङ च्छोूहिमतालमा धेरै बर्षाको कारण भरियर फुट्न सक्ने सूचना चिनबाट जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आएकाले फुटेमा भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका किनारको बस्तीमा ठुलो बाढी आउन सक्ने,संभावित जोखिमबाट बच्न पूर्वतायरी गर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →