बागलुङ-
नेपाली काँग्रेसका संस्थापक नेता बिपि कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा प्रजातन्त्रप्रति आस्था राख्ने प्राविधि विद्यार्थीहरुको छाता संगठन प्राविधिक विद्यार्थी परिषद बागलुङले बानपा–१ मालढुंगा (खुदुर्क) मा रहेको बिपि बनबाटीकामा बृहत सरसफाई तथा बृक्षारोपण गरेको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता स्व. कोईरालाको सम्झनामा परिषदले बनबाटिकामा गोडमेल गरेको हो । नेविसंघ सँग आवद्ध रहेको परिषदमा प्राविधि शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको सभागिता रहने गर्दछ ।
सरसफाई कार्यक्रममा काँग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ता र नेपाल विद्यार्थीमा आबद्ध विद्यार्थीहरुको सहभागिता रहेको प्राविधि विद्यार्थी परिषद बागलुङका सचिव सरोज रिजालले बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका निवर्तमान सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेले नेपाली काँग्रेसले बिपिको बाटोलाई पछ्याउँदै गएमा अबको निर्वाचनमा पहिलो पार्टी हुन सम्भव रहेको बताए । उनले नेपालको राजनितिक ईतिहासमा विपिको योगदानलाई काँग्रेसले कहिलै पनि भुल्न नहुने बताए ।
कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य प्राविधिक विद्यार्थी परिषदका केन्द्रिय उपाध्यक्ष सुजन सापकोटा, बन विज्ञान अध्ययन संस्थान पोखराका नेविसंघ पुर्व ईकाई सभापति सविन गौतम लगायतले विपि कोईरालाले देखाएको बाटोमा काँग्रेस हिँडन नसकेको गुनासो गरेका थिए । बनबाटिकामा विभिन्न प्रजातीका विरुवाहरु रोप्नुका साथै यस अघि काँग्रेस बागलुङ रोपेका विरुवाहरु गोडमेल गरिएको थियो ।
कार्यक्रम प्राविधिक विद्यार्थी परिषद बागलुङका अध्यक्ष युवराज सापकोटाको अध्यक्षता र सचिव सरोज रिजालको संचालनमा सम्पन्न भएको थियो ।