भाइ राकेशलाई सम्झिदै अभिनेता राजेश हमालले सेयर गरे आमा बुबासहित बाल्यकालका तस्विर

काठमाडौं, ९ साउन–कान्छा भाइको निधनले अभिनेता राजेश हमाल यतिवेला पीडामा छन्।

कलेजो रोगका कारण उनको भाई राकेश हमालको भारतको नयाँ दिल्लीमा निधन भयो ।

भाइको निधन भएपछि राजेश हमालमाथी पारिवारिक बज्रपात पर्यो ।

राजेश हमालले बाल्यकालका दाजुभाइका तस्बिर सेयर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा राजेशले आफु सानो हुँदाको परिवारिक तस्विर पोष्ट गर्दै लेखेका छन, आमा, बुबा, हजुरबुबा र हामी पांच भन्दै भाई राकेशलाई मिस गरेको उल्लेख छ ।

दुईदिन अघि भाइको निधन भएपछि राजेशले भाइसँग विताएका बाल्यकालका तस्विरहरु पोष्ट गदै आएका छन् । राजेश र उनका भाई राकेश डेढ बर्ष मात्र कान्छा थिए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →