काठमाडौंमा को*रोना संक्रमित बढ्ने क्रम रोकिएन, कहाँ-कहाँ भेटिए संक्रमित ?

काठमाडौं । काठमाडौंमा आइतबार ९ जना को*रोना संक्रमित थपिएक छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ९ जना को*रोना संक्रमित थपिएका जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना को*रोना संक्रमित भेटिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा को*रोना देखिएको उनले जानकारी दिए । उनले स्टार अस्पताल सानेपामा काठमाडौंका ३ जनामा को*रोना देखिएको बताए ।

हालसम्म काठमाडौंमा २८६ जनामा को*रोना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३ हजार ३ सय जनाको पीसीआर परीक्षण भएकोमा १ सय ३० जनामा को*रोना पोजेटिभ देखिएको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म देशभरी १८ हजार ६ सय १३ जना को*रोना संक्रमित पुगेका छन ।

जसमा आजसम्म जम्मा १३ हजार १ सय २८ जना निको भएर घर फर्किएका छन । आइतबार ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५५, प्रदेश नम्बर २ मा २ हजार ९ सय ४४, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय ५१ जना निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

अहिले देशभरी ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८६, प्रदेश नम्बर २ मा १ जहा ८ सय ७३, बागमती प्रदेशमा ४ सय ४४ र गण्डकी प्रदेशमा २ सय ९४ जना आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५८, कर्णाली प्रदेशमा ३ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना संक्रमित उपचाररत रहेका छन् ।

आइतबार प्रदेश नम्बर १ मा २ हजार ९३, प्रदेश नम्बर २ मा २ हजार ७ सय ४७, बागमती प्रदेशमा १ हजार २ सय ९४ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ५ सय ३९, कर्णाली प्रदेशम ९ स ४८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना क्वारेन्टिनमा रहेका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →