हेर्नुहोस् साउन १८ देखि २४ गतेसम्मको साप्ताहिक राशिफल
मेष:
हिड्डुलमा खर्च भएता पनि रोजगारीमा फाईदा मिल्नेछ । जिम्मेवारी थपिने एवम काममा प्रशंसा आउनेछ । सरकारी काममा प्रगति हुनेछ । कामको प्रगति देखेर अरुले ईष्र्या गर्नेछन् ।
वृष:
अरुको काममा समय बढी बित्नाले घरायसी काममा बाधा हुनेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । अधुरा काम सुरु हुन थाल्नेछन् । काममा प्रगति एवम अरुको सहयोग मिल्नेछ । ठुलाबडाबाट आश्वासन पाईने एवम मनमा खुशी बढ्नेछ ।
मिथुन:
काममा अलमल, अनावश्यक खर्च एवम तनाव बढी हुनेछ । आफ्नाे गल्तीेले काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या देखिने एवम अरुले काम बिगार्न सक्नेछन् ।
कर्कट:
वैवाहिक जीवनमा मेलमिलाप एबं आफन्तको सहयोग राम्रो मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । प्रेममा खुसियाली बढ्नेछ । साझेदारीमा फाईदा, प्रेममा प्रगति एवम यात्राको अवसर मिल्नेछ ।
सिंह:
स्वास्थ्यमा सुधार आउनेछ । अरुको सहयोग मिल्नेछ । विरोधीहरु पर जाने एवम पारिवारिक मेलमिलाप बढ्नेछ । नयाँ काममा खर्च बढी आउनेछ । वैवाहिक कुराले स्थान पाउनेछ। साभेदारी लगानीमा प्रगति मिल्नेछ ।
कन्या:
अध्ययनमा सफलता मिल्नेछ । सन्तानको सहयोग पाईनेछ । आम्दानीमा वृद्धि एवम स्वास्थ्यमा सुधार हुनेछ । कला संगीत एवं आध्यात्मिक क्षेत्रमा संलग्नता बढ्नेछ ।
तुला:
घरायसी धनको मामिलामा परिनेछ । स्वास्थ्यमा अचानक बाधा एवम चिन्ता बढ्ने देखिन्छ । आपसी तनावमा फाइदा अरुलाइ मिल्नेछ ।
वृश्चिक:
दाजुभाइ र मित्रको साथ मिल्ेनाले आर्थिक तनाव हट्नेछ । कृषि काममा आर्थिक फाइदा एवं छोटो यात्रा हुनेछ । माइती मावलीको सहयोग मिल्नेछ । उत्साह बढ्नाले नया काममा प्रगति हुनेछ । पराक्रम बढ्ने, काम फटाफट हुने देखिन्छ ।
धनु:
बोलीको प्रभावले महत्वपूर्ण काम हात पर्नेछ । धनको कारोबार बढ्नाले पुरानो कारोवारको तनाव सकिनेछ । आफन्त संग भेटघाट एवं धनको सहयोग मिल्नेछ । सानो एवं महत्व पूर्ण यात्रा हुनेछ ।
मकर:
साथिभाइको सहयोगले पुरानो कारोबार सुल्झिने छ । सवारीसाधनमा जन खर्च हुनेछ । धनको काममा सन्तुष्टि मिल्नेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवम ठुलाबडाको माया एवम सदभाव पाईनेछ ।
कुम्भ:
आम्दानी भन्दा खर्च बढी हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवम यात्रामा ढिलासुस्ती हुनेछ । घरवाहिरको काममा आर्थिक हानि हुनेछ ।
मीन:
साझेदारी लगानीमा फाईदा मिल्नेछ । व्यापार बढ्नाले ऋणको भार कम हुनेछ । कृषि एवं पशुचौपायाबाट धनार्जन हुनेछ । सुख सयलमा खर्च हुने एवम अरुबाट लाभ मिल्नेछ ।