काठमाडौं – दही हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक चिज हो ।
भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवनले धेरै रोगहरुबाट बच्न सकिन्छ ।
यसमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिन पाइन्छ । यसमा पाइने प्रशस्त भिटामिन सी पनि पाइन्छ ।
यसको नियमित सेवनले इम्यून सिस्टमलाई दह्रो बनाउछ ।
तर केही यस्ता रोगहरु छन् जसका लागि दही उपयुक्त मानिदैन ।
दहीको सेवन विभिन्न अवस्थामा हानिकारक हुन सक्छ ।
तपाईले रातिको समयमा दही खाएर सुत्नु हुँदैन ।
राति दही खाएर सुतेमा कफ, रुघा र खोकी हुने सम्भावना हुन्छ ।
जोर्नीमा पीडा भइरहेको छ भने पनि दही खान हुँदैन । त्यस्तै छालामा एलर्जी छ भने पनि दही खाँन हुदैन ।
यसले झन समस्या ल्याउछ ।
रातमा दही खाएर सुतेमा कोसो बढ्ने हुन्छ । दही तताएर पनि खान हुँदैन ।
तपाईलाई दमको रोग र पिनास छ भने पनि दही खान हुँदैन ।
यस्तो अवस्थामा दही खाँएमा श्वासप्रश्वासको समस्या हुन्छ ।
मासुसँग पनि दही खाँन हुँदैन ।