बलिउड अभिनेता सुशान्त सिंह राजपुतका बाबु केके सिंहले छोराको ज्यानलाई खतरा भएको पहिले नै मुम्बई प्रहरीलाई जानकारी दिएको खुलासा भएको छ ।
२५ फ्रेबुअरीमा नै उनले प्रहरीलाई ह्वाट्सयापबाट यो जानकारी पठाएर उचित कारवाही गर्न माग गरेका रहेछन् ।
भारतीय मिडिया लाइभहिन्दुस्तानमा आएको समाचारअनुसार यो मेसेजमा उनले विभिन्न कुराहरु लेखेका थिए ।
उनले सुशान्तको डिप्रेसनको उपचार भइरहेको मौकामा रिया र उनको परिवारले सुशान्तलाई एक रिसोर्टमा लगेको र त्यहाँ तीन महिना राखिएको पनि सन्देश पठाएका रहेछन् ।
सुशान्तका भरपर्दा कामदारहरुलाई पनि रियाले निकालिदिएको भन्दै सुशान्तका बाबुले प्रहरीलाई उनको हेरचाह गर्न अनुरोध पनि गरेका रहेछन् ।
तर, मुम्बई प्रहरीले ह्वाट्सयापमा पाएको मेसेजलाई आफूहरुले आधिकारिक मान्न नमिल्ने जनाएको छ ।