काठमाडौं । पछिल्लो समय लकडाउन खुलेसँगै देशका विभिन्न स्थानबाट कोरोना लिएर काठमाडौं उपत्यका प्रवेश गर्नेको संख्या बढेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँगा, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
मंगलबार नेपालमा थप २ सय ५९ जना संक्रमित थपिएका छन । ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन ।
मंगलबार ६५ जना संक्रमित उपचारपति निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । मंगलबार देशभरीका क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना उपचाररत रहेका छन् ।
सबैको जानकारीको लागि सिएर गर्नुहोला