बाग्लुङ, साउन-२० गते । विश्व कोभिड (१९) कोरोना भाइरसले आक्रान्त बनेको परिस्थितिमा शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित बनेको छ । यस वर्षको शैक्षिक सत्रको नियमित पठनपाठन हुन सकेको छैन ।
यस परिस्थितिमा बागलुड जिल्लामा रहेको शिव माध्यमिक विद्यालय गलकोट काँडेबासले असार २ गतेदेखिनै कोरोना भाइरसको अवस्थालाई आत्मसात गर्दै ११ वटा अध्ययनस्थल मार्फत सिकाइ सहजिकरण गरिरहेको छ ।
शिव मा.वि.ले पहिलो चरणमा विद्यार्थीहरू , अभिभावकहरू भेटघाट , हस्त लेखन , अनु लेखन , व्यवहारिक ज्ञान , कोरोना विरूद्धको सचेतना , पुराना पाठ्यपुस्तक हस्तान्तरण गरेको थियो । दोस्रो चरणमा नयाँ पाठ्यपुस्तक घर आँगनमै हस्तान्तरण , विद्यार्थी समूह बनाइ निरन्तर सिकाइ सहजिकरण गरिरहेकोमा तेस्रो चरणमा ११ वटा शिव मा.वि. अध्ययन स्थल मार्फत सामाजिक दुरी अपनाउँदै अध्यापन कार्य शुरू गर्ने निर्णय २०७७/०३/०१ गते बसेको शिव मा.वि. को शिक्षक बैठकले गरेको हो ।
शिव मा.वि. ले संन्चालन गरेका ११ वटा अध्ययनस्थलहरूमा
१).शिव मा.वि ट्रष्ट भवनमा २ पचुवा
२).पहिले वडा कार्यलय रहेको भवन झारमौरा
३).नवदिप प्राथमिक विद्यालय वायसल्ला
४).बालकल्याण प्रा.वि. मल्म गल्याड
५).बालविकास प्रा.वि. चालिसेटोला
६).भानु प्राथमिक वि. चालिसेटोला
७).देवकोटा आधारभूत वि. ज्यामिरे
८). रमा चालिसेको घर चालिसेटोला
९).बाबुराम बि.क. को घर पचुवा
१०).तुल्शिनाथ कँडेलको घर
प्रत्येक टोलटोलमा विषयगत शिक्षकको उपस्थितिमा सामाजिक दुरी कायम गरी अध्ययन अध्यापन गर्नु यो विषम परिस्थितिमा गार्हो भएपनि हामी शिक्षकहरूले चाह्यौं भने अबस्था अनुकुलको वैकल्पिक माध्यम अपनाइ सिकाइ सहजिकरण गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न र विद्यार्थीमा रहेको नैराश्यतालाई दुर गर्नका लागि निरन्तर सिकाइ सहजिकरण गरिएको र आगामी केही दिनमा अझै परिष्कृत गर्दै जाने विद्यालयका प्रधानाध्यापक हरि चालिसे एबिसीले बताएका छन् ।
यस्तै अभिभावक एवं विद्यालय व्यवस्थापन समितिका नि वर्तमान अध्यक्ष अर्जुनदत्त कँडेलले अहिलेको यो कोरोनाको समयमा पनि विद्यालयले गाउँ गाँउ पुगेर विद्यार्थीलाई सिकाइका लागि जुन चासो लिएको छ अत्यन्तै राम्रो छ शिक्षक साथीहरूले जुन भूमिका निर्वाह गर्नु भएको अनुकरणीय छ जसले गर्दा अभिभावकपनि खुशी र सन्तुष्ट भएको बताए । यस्तै शिक्षक सोमलाल सापकोटाले हामी शिक्षक यतिकै घरमा बसिरहनुभन्दा टोलटोलमा पुगेर विद्यार्थीसँग भेटघाट गर्दा उनीहरूमा जुन विस्मरण हुँदै जाने समस्या हो त्यो हटेको र सिकाइप्रति उत्प्रेरित भएको बताउँछन् ।
यस्तै कक्षा – ७ मा अध्ययनरत छात्र सरोज के.सीले यस्तो परिस्थितिमा हामीलाइ सरहरूले घरमै आएर पुस्तक दिनुभयो र अहिले घरको नजिकै आएर पढाउँदा खुशि लागेको छ र सर मेडमहरूले दिनुभएको गृहकार्य गर्दा र अध्ययन गर्दा हामीलाइ पढ्न नपाइने हो कि भन्ने चिन्ता हटेको छ हामीलाइ खुशि लागेको बताउँछन् ।
यस्तै शिव मा.वि. टोलटोलमा सिकाइ सहजिकरण गरेको कार्य राम्रो लागेर गनपा -८ काँडेबास निवासी हाल जापानमा कार्यरत अभिभावक रामप्रसाद शर्माले प्रत्येक विद्यार्थी र शिक्षकको लागि रु २५,००० पच्चिस हजार बराबरको २/२ पिस माक्स सहयोग गर्नु भएको थियो उक्त माक्स उहाँका बुबा जिवलाल शर्माले विद्यार्थीहरूलाइ हस्तान्तरण गर्नु भएको थियो ।
इच्छा शक्ति हुने हो भने हरेक समस्याका विकल्पहरू छन् , र ती विकल्पहरू खोज्न सकेको खण्डमा र ती विकल्पहरूलाई ग्रहण गरेको अवस्थामा समाधानको दिशातर्फ उन्मुख हुन सकिन्छ भन्ने कुरा श्री शिव माध्यमिक विद्यालयले देखाएको छ, जुन अनुकरणीय छ ।