फेरि सवारी साधनमा जोर बिजोर नियम, भोलिदेखि नै लागु हुने

काठमाडौं : कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले फेरि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ।

गृहमन्त्रालयको निर्णायनुसार काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा धेरै सक्रिय केस रहेका जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधनमा भोलि (बिहीबार) देखि जोरबिजोर प्रणाली लागु गरिएको हो।

गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाका अनुसार अत्यावश्यकबाहेकका सबै किसिमका सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिएको हो। कोरोना संक्रमण धेरै देखिएका जिल्ला तथा काठमाडौं उपत्यकामा पनि राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्‍चालनमा रोक लगाउने निर्णय गरेको छ।

सबैको जानकारीको लागि सियर गर्नु होस्

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →