काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिए, कहाँ-कहाँ भेटिए संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन्। उपत्यकामा २ सय ५ जनामा कोरोना देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मंगलबार काठमाडौंमा मात्र १ सय सय ३८ संक्रमित थपिएका छन्।

त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ५० जना संक्रमित थपिएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

साथै पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार पाँच सय ८० पुगेको छ ।

अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा १० हजार पाँच सय ६३ जना छन् । यस्तै जना क्वरेण्टीनमा १३ हजार नौ सय २६ रहेका छन् ।

यस्तै प्रदेश २ को जिल्ला सर्लाहीमा मात्रै एक सय ७ जनामा संक्रमित भेटिएका छन्। हाल देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेका छन्।

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १ सय १४ पुगेको छ ।

नेपाली कांग्रेसका नवलपरासी पश्चिमका उपसभापतिसहित कास्की, काभ्रे, मोरङ र धनुषाका ६ जना पुरुष तथा तनहुँका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा पश्चिम नवलपरासीका कांग्रेस उपसभापति सुवाशचन्द्र गिरीको आज विहान मृत्यु भएको छ। संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट गत साउन ३० गते उहाँलाई पाटन अस्पताल ल्याइएको थियो ।

त्यस्तै कोरोना संक्रमणबाट कास्की र तनहुँका दुई जनाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १६ का ८७ वर्षीय वृद्धको कोभिड उपचार केन्द्रमा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै कोरोना संक्रमित तनहुँकी ५० वर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनी गत साउन २१ गते अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै काभ्रेको धुलिखेल नगरपालिका वडा नम्वर ७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका उनमा गत साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ५ का ६२ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उनी कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि गएको साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए ।

पछि उनमा संक्रमण पुष्टि भएको थियो । यस्तै मोरङ र धनुषामा पनि हिजो एक(एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यो पनि ,
बुवाको मुख हेर्ने दिन गोकर्णे औँसीको मेला नहुने

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन मेला नलाग्ने जनाएको छ । बाबुको मुख हेर्ने दिन बुधबार मन्दिरमा लाग्ने मेला यसवर्ष स्थगित गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

नगर कार्यपालिकाको सोमबारको बैठकले उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिरमा लाग्ने धार्मिक मेला नगर्न नगराउन आह्वान गरिएको नगर प्रमुख सन्तोष चालिसेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको महामारीका बेला घरघरमै सुरक्षित बसेर पितृप्रति सम्मान गर्न पनि नगरपालिकाले आह्वान गरेको छ ।नगरपालिकाको निर्णयअनुसार आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्ने गरी जान नपाउने व्यवस्था गरिएको वडा नं–४ को अध्यक्षसमेत रहेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

मन्दिरमा लागेको भीडका कारण कोरोना फैलने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ । बाबुको मुख हेर्ने दिन पिता दिवङ्गत भएका छोरा, छोरी यहाँ आई तर्पण, सिदादान र पिण्डदानसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।

यसै विश्वासका आधारमा प्रत्येक वर्ष कुशे औँसीसमेत भनिने भाद्रकृष्ण औँसीका दिन यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । मेलाका कारण हुने भीडले जोरपाटीबाट नै मूल सडक बन्द हुने गरेको थियो । यसैले भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ ।

अरुको घरमा डेरा गरी बसेका मानिस सोह्रश्राद्धमा गोकर्णेश्वर मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने भक्तजनको भीड लाग्छ । उत्तरगया समेत भनेर चिनिने गोकर्णेश्वर क्षेत्रमा सत्य युगमा भगवान् विष्णुले दायाँ पाउ टेकेको विष्णुपादुका छ ।

जसलाई महत्वका साथ पुजिन्छ । शास्त्रीय एवं पौराणिकरुपमा महत्वको गया क्षेत्र भए पनि सरोकार भएका सरकारी निकायको बेवास्ताका कारण गोकर्णेश्वर क्षेत्र ओझेलमा पर्दै आएको छ ।

पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना गरिने भएकाले पनि यहाँको धार्मिक एवं सांस्कृतिक महत्व रहेको यस विषयमा खोज गरिरहेका संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले बताए ।

गोकर्णेश्वर महादेव मन्दिरका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा मासिएपछि यहाँको पूजा विधिसमेत छोटो बनाइएको थियो ।

यस वर्ष गोकर्णेश्वर नगरपालिकाले पूजा सञ्चालनका लागि रु ७५ लाखको अक्षय कोष स्थापना गरेपछि साउन १ गतेदेखि पुरानै परम्पराअनुसार बाजागाजासहित पूजा आराधना शुरु भएको छ ।

कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ । विगत वर्षहरुमा भाद्रकृष्ण औँसीको तीन दिनअघिदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आएर बस्ने गरेकामा यस वर्ष कोरोनाका कारण चहलपहल नभएको पुजारी जगदिशप्रसाद भट्टले जानकारी दिए । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर क्षेत्र वरपर हजारौँ मानिस दिवङ्गत पितृप्रति सम्मान गर्न उपस्थित हुने गरेका थिए ।

कोरोनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि चाडपर्व, मेला, जात्रामा हुने भीडभाड यस वर्ष बन्द गर्ने निर्णय गरेको थियो । कोरोनाकै कारण यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत रोकिएको छ ।

यसैगरी इन्द्रजात्रा पनि स्थगित गरिएको छ ।हरितालिका (तीज) पर्वसमेत तामझामका साथ नगर्न नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । नगरपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट प्रवाह गरिने अत्यावश्यकबाहेकका सबै सेवा पनि भदौ ९ गतेसम्मका लागि बन्द रहने नगर प्रमुख चालिसेले जानकारी दिए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →