काठमाडौं । कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट कोरोना संक्रमण जितेर आज ८६ वर्षीया वृद्धा डिष्चार्ज हुनुभएको छ । अर्का २६ वर्षीया महिलासँगै उहाँ पनि संक्रमणमुक्त भएर डिस्चार्ज हुनु भएको हो
प्रदेश अस्पताल सुर्खेतबाट आज २ जना डिष्चार्ज हुनुभएको छ । रक्तचाप श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी वृद्धालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
१४ दिन आइसोलेसनमा राखिएको र अहिले उहाँमा भएका सबै समस्या निको भएको कोरोना विशेष अस्पतालका डा. लोकराज कँडेलले जानकारी दिनुभयो ।
बृद्धासँगै २२ दिनको शिशुसहित आइसोलेसनमा रहेकी २६ वर्षिया महिला पनि डिस्चार्ज हुनु भएको छ ।
८६ वर्षीया वृद्धा र शिशुसहितको आमालाई संक्रमण मुक्त भएर डिष्चार्ज गरि घर पठाउन पाउँदा अस्पतालमा कार्यरत चिकित्सकले खुसी व्यक्त गरेका छन् ।
यसैबीच आज ८५ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय १३, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ४२, बागमती प्रदेशमा ७ सय १८ र गण्डकी प्रदेशमा १ हजार ५ सय ५० जना डिस्चार्ज भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ११ गरी आजसम्म १७ हजार ५ सय ८० जना संक्रमित निको भएर घर फर्किएका छन ।
आज देशभरी आइसोलेसनमा १० हजार ५ सय ६३ जना संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ९ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ७६, बागमती प्रदेशमा २ हजार ५ सय १४ र गण्डकी प्रदेशमा २ सय ७९ जना संस्थागत आइसोलेसनमा रहेका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ७ सय ७९, कर्णाली प्रदेशमा २ सय ८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन ।
प्रदेश नम्बर १ मा १ सय ९७, प्रदेश नम्बर २ मा २ हजार ३ सय ४९, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना होम आइसोलेसनमा रहेका छन ।
यस्तै प्रदेश नम्बर ५ मा १ सय ७०, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा २५ गरी २ हजार ८ सय ८७ जना होम आइसोलेसनमा रहेका छन ।
आज देशभरीका क्वारन्टिनमा १३ हजार ९ सय २६ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार १ सय १५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ८३, बागमती प्रदेशमा ८ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ९ सय ७३ जना क्वारन्टिनमा रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा २ हजार ९०, कर्णाली प्रदेशमा ६ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९६ जना क्वारन्टिनमा छन ।