फूलको थुंगा बहेर गयो गंगाको पानीमा…, अलबिदा राष्ट्रकवि !

फूलको थुँगा बगेर गयो गंगाको पानीमा

कहिले भेट होला नि बरै यो जिन्दगानीमा…

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो गीत उनको जीवनमा मेल खाएको थियो ।

दिवङ्गत घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए ।

यसअघि उहाँको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

 

 

 

नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो।

यो पनि,
राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमाअन्त्येष्टि गरिएको छ ।

राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

 

 

 

आज बिहान राष्ट्रकवि घिमिरेकै निवासमा पुगेर उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत कला साहित्य साधक र सर्वसाधारण पनि घिमिरे निवास पुगेका थिए ।

घिमिरेको कपुरधारा स्थित आफ्नै निवासमा हिजो साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । स्वास प्रश्वास समस्या देखिएपछि चार महिनादेखि अक्सिजन दिएर घिमिरेको घरमै उपाचार भइरहेको थियो ।

१९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे १३ बर्षको उमेरबाटै साहित्यमा लाग्नुभएको थियो ।

नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली बढी प्रयोगमा ल्याउने घिमिरेलाई साहित्य साधकले गीतकार, गीति नाटककारका साथै बालसाहित्यकारका रुपमा पनि चिन्छन्।

 

 

 

घिमिरेको निधनमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि घिमिरेको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ ।

राष्ट्रकविको निधनबाट उपराष्ट्रपति पुन स्तब्ध
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ भएको दुःखद् निधनले स्तब्ध भएको बताएका छन् ।

बुधबार शोक वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

 

 

 

राष्ट्रकवि घिमिरेलाई भौतिकरुपमा बिदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको उल्लेख गर्दैै उपराष्ट्रपतिले राष्ट्रकविले राष्ट्रलाई दिएको अमूल्य साहित्य सिर्जना तथा राष्ट्रका लागि पुर्‍याएको उच्च योगदानले भने उहाँ सधैँसधैँका लागि बाँचिरहने बताएका छन् ।

साहित्य सिर्जनामार्फत राष्ट्रकवि घिमिरेले राष्ट्रका लागि पुर्‍याएको अमूल्य योगदानको उच्च सम्मान गर्दै उपराष्ट्रपतिले शोक वक्तव्यमा भनेका छन्, ‘राष्ट्रकविमा भएको देशभक्ति, प्रकृति प्रेम भावलाई अङ्गाल्दै उहाँले जीउनुभएको सरल आदर्श जीवनलाई अनुशरण गर्न सक्यौँ भने राष्ट्रकवि घिमिरेप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।’

यो पनि,
नेकपा सांसद बोगटीलाई कोरोना संक्रमण पुष्टि

एक जना संसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको हो । अछाम २ मा नेकपाबाट निर्वाचित बोगटीले आफूलाई कोरोना संक्रमण भएको बताए ।

आफ्नो टोलमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि स्वाब संकलन गरिएको थियो ।

ललितपुरमा बस्ने उनी साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए । त्यसको पहिलो रिपोर्ट साउन ३२ गते आएको थियो, त्यतिबेला रिपोर्ट नेगेटिभ आएको थियो, तर भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले बताए ।

 

 

 

कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

बोगटी साउन १७ गते अछामबाट फर्किएका थिए । उनका अनुसार साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गइरहेका थिए ।
यसअघि पनि केही संघीय सांसद र प्रदेशका सांसदलाई कोरोना पुष्टि भइसकेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →