काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय २९ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २९ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ३ सय ७२ संक्रमित थपिएका छन् भने ललितपुरमा १२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४५ जना संक्रमित देखिएका छन् ।
योसंगै शनिवारसम्म काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ५ हजार ४ सय २६ पुगेको छ । यसमध्ये काठमाडौमा ४ हजार ३ सय ३२, ललितपुरमा ६ सय १५ जना र भक्तपुरमा ४ सय ७७ जना छन् ।
देशभर ६९०६ जना कोरोना संक्रमित होम आइसोलेसनमा
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
आइतबार देशभरका १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित मध्ये ६ हजार ९ सय ६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ३ हजार ९ सय २ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बाग्मती प्रदेशमा मा १ हजार ९ सय ५०, प्रदेश १ मा ४ सय ९०, प्रदेश ५मा ४८०, सुदूरपश्चिम प्रदेशमा ४९, गण्डकी प्रदेशमा १८ र कर्णाली प्रदेशमा १७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
पछिल्लो २४ घण्टामा देभभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो अहिलेसम्मकै धेरै मृत्यु संख्या हो।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२१पुगेको छ। आइतबार ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
सुनसरीका ७४ वर्षिया, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षिय महिला संक्रमितको मृत्यु भएको छ।
त्यसैगरी, सुनसरीका ६० वर्षिय मोरङको ६२ वर्षिय, महोत्तरीका ७० र ३५ वर्षिय, रौतहतका ३० वर्षिय, ललितपुरको २९ वर्षिय, भक्तपुरको ६५, नवलपरासीको ६२ वर्षिय र रुपन्देहरीको ५७ र ७६ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर १६१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत
कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७० जना आइसियु र १२ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा १७ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १६ आइसियु र २ जना भेन्टिलेटरमा, र सबै भन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।