काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २९८ जना संक्रमित थपिएका छन्। यससहित देशभर सोमबार ८९९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १९० जना, ललितपुरमा ६७ जना र भक्तपुरमा ४१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपालमा सोमवार थप ८९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।
देशभरको प्रयोगशालामा ११ हजार ४९० ओटा नमूना परीक्षण गर्दा ३०३ जना महिला र ५९६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ७ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९० जना, भक्तपुर जिल्लामा ४१ र ललितपुर जिल्लामा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ जना रहेको छ । त्यस्तै संस्थागत आईसोलेशनमा १० हजार ७०१ जना रहेका छन् । त्यसैगरी अहिलेसम्म कुल पीसीआर परीक्षण संख्या ६ लाख ९३ हजार ४७२पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२९ ओटा पीसीआर परीक्षण गरिएको छ । यस्तै होम आईसोलेशनमा ७ हजार १२१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल मुलुकमा १७८२२ जना सक्रिय संक्रमित छन्। त्यसमध्ये १०७०१ जना संस्थागत आइसोलेसनमा र ७१२१ जना होम आइसोलेसनमा रहेका छन्।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १११२९ वटा पीसीआर परीक्षण गरेको जनाएको छ। आईसीयूमा १३२ जना र भेन्टिलेटरमा १६ जना उपचाररत रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा चार वर्षीया एकबालिकासहित ३ जना महिला र ४ जना पुरुष रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन्। त्यसै गरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७४ वर्षीय र भक्तपुरका ७७ वषीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ।
सोमबार देशभर ३०३ जना महिला र ५९६ जना पुरुष गरी ८९९ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै १३२ जनाको आईसीयूमा र १६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
यसैबीच कोरोना भाइरस ९कोभिड(१९० को पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको हो ।
तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ लिन पाउनेछन् ।
यसअघि मन्त्रालयले पीसीआर टेष्टको शुल्क ५५०० रुपैयाँ थियो । तर कतिपय निजी अस्पतालले त्योभन्दा बढी रकम समेत लिने गरेको गुनासो समेत आएको थियो ।