टिकटकमा हिट नेपाली बालिका समाइराबारे भारतीय मिडियामा चर्चा

तपाई सामाजिक सञ्जाल टिकटक चलाउनु हुन्छ भने एउटी सानी नानीको भिडियोबारे जानकार हुनुहुन्छ होला ।

उनका भिडियो टिकटक बाहेक फेसबुक र अन्य सामाजिक सञ्जालमा पनि सेयर भएका पाउन सकिन्छ ।

निकै क्युट बालिकाले अभिनय गरेका भिडियोहरुलाई लाखौं मानिसले टिकटकमा फलो गरिरहेका छन् ।

उमेर तीन वर्ष पुग्नै लागेकी उनी नेपाली टिकटक प्रयोगकर्ता माझ मात्र होइन भारत, पाकिस्तान र अन्य मुलुकका टिकटक प्रयोगकर्तामाझ पनि चर्चामा छिन् ।

समाइरा थापा मगर नाम गरेकी यी सानी नानी मंसिर ९ गते तीन वर्ष पुग्छिन् । तर उनको चर्चा धेरै वर्षदेखि अभिनयमा लागेका सेलिब्रेटीको भन्दा धेरै छ ।

टिकटकमा उनको फलोइङ तीन लाख हाराहारी पुगेको छ त्यो पनि तीन महिनाको अवधिमा । हरेक भिडियोमा एक लाख भन्दा धेरै लाइक हुने गरेको पाइन्छ ।

कोरोना भाइरस महामारीका कारण जारी लकडाउनको समयदेखि उनी टिकटक नामक एपमा सक्रिय छिन् ।

समाइराकी आमा सबिना पनि छोरीको ख्यातिका कारण निकै खुसी छिन् ।

सानै उमेरदेखि नै गीत बजेसँगै हाउभाउ र नाच्न खोज्ने समाइराले टिकटकका भिडियोमा गर्ने हाउभाउ र उनको क्युटनेशलाई मन नपराउने सायदै होलान् ।

भारतमा चर्चा

नेपाली प्रयोगकर्तामाझ मात्र नभएर भारतमा पनि उनी चर्चामा रहेपछि भारतीय सञ्चारमाध्यमहरुले समेत उनका बारेमा लेखेका छन् ।

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले साइमराबारे चर्चा गरेको छ । रातो र सेतो पहिरनमा भिडियोहरुमा नाच्ने सानी क्यूट नानीले धेरैको मन जितेको र चर्चामा रहेको भारतीय अनलाइनको समाचारमा उल्लेख गरिएको छ ।

समाइराले अभिनय गरेको भिडियोहरु टिकटकबाहेका विभिन्न सामाजिक सञ्जालहरुमा सेयर भएको र उनको अभिनयका धेरै मानिस फ्यान रहेको समाचारमा जनाइएको छ ।

अधिकांश क्लिपमा समाइराले हाउभाउसहित नाचेको देख्न सकिने र त्यसले मानिसहरुलाई मोहित बनाउने गरेको भन्दै सामाचार उनका चर्चामा रहेको भिडियोहरुसमेत सेयर गरिएको छ ।

समाचारमा उनका भिडियोहरुमा प्रतिक्रिया जनाउनेहरुले समाइराको अभिनय र क्युटनेशको प्रशंशा गरेको जनाइएको छ ।
उनको हाउभाउलाई लिएर धेरैले प्रशंशा गरिरहेका छन् ।

म्युजिक भिडियोको अफर

समाइराकी आमा सबिनाका अनुसार उनी टिकटकमा धेरैको नजरमा परेसँगै विभिन्न व्यक्तिले अभिनयको अफरसमेत गरेका छन् ।
तर कोरोना भाइरसका कारण सुटिङ भने रोकिएको छ ।

उमेरले सानी भएका कारण अन्य मानिससँग उनी भिज्न नसक्ने भएका कारण कतिपय प्रस्तावलाई भने उनीहरुले अस्वीकार गरेका छन् ।

समाइरा उनीहरुका पहिलो सन्तान हुन् । छोरीले पाएको चर्चा र प्रशंशाले गर्दा आमा बुवा खुसी नहुने कुरा भएन ।

छोराछोरी खुसी हुने भएपछि आमाले उनका भिडियो बनाउन थालेकी थिइन् । रमाइला खालका गीतमा उनी बढी खुसी भएर अभिनय गर्ने सबिना बताउँछिन् । सिरियस खालको गीतमा अभिनय गर्न भने समाइरा खुसी हुनन् ।

टिकटक बनाउन सुरु गर्दा केही पटक भिडियो खिच्न परेपनि अहिले भने अवस्था परिवर्तन भएको छ । उनी अहिले गीतको भिडियो हेरेपछि आफैं त्यस अनुसारको हाउभाउ गर्न सक्ने भएकी छिन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →