सबैको शरीरमा कहीँ न कहीँ कोठी हुन्छन् । हस्तरेखा विज्ञानमा कुनै कोठी लाई कष्दप्रद र अशुभ मानिन्छ भने कुनै कोठी शुभ र लाभदायक मानिन्छ । यदि खास अंगमा कोठी आएमा त्यो शुभ मानिने र धनप्राप्तीको अवसर मिल्ने गर्छ ।
यस्तो व्यक्तिमा मानसम्मान र सुखमय जीवनको सम्भावना रहन्छ । समुन्द्र शास्त्रका अनुसार तपाइँको नाइटोको वरिपरी कोठी आएमा शुभ र फलदायी मानिन्छ । यस्ता कोठीका कारण तपाइँको जीवनमा सुखसमृद्धि प्राप्त हुने योग रहन्छ ।
पैतालाको औंलामा कोठी आएमा सम्पन्नताको योग रहन्छ र मानसम्मानको अवसर मिल्छ । कानको माथि कोठी आएमा ज्ञानी र बुद्धिमान हुने मानिन्छ । यिनीहरु आफ्नो ज्ञान र बुद्धिका कारण धेरै धनआर्जन क्षमता राख्छन् ।
ढाड पछाडि कोठी भएको ब्यक्ति महत्वकांक्षी र भौतिकवादी हुने मान्यता छ । यिनीहरु धन जोगाउनु भन्दा कमाउनतिर लाग्ने र खर्चालु हुने मान्यता छ । यिनीहरु विलासीपूर्ण जीवन विताउन चाहन्छन् ।
महिलाको कुन अंगमा हुने कोठीले के संकेत गर्छ
शास्त्रमा भनेको छ कि हाम्रो शरीरमा रहेका विभिन्न चिन्हको अर्थ हुन्छ । शरीरमा हुने चिन्हलाई कोठी पनि भनिन्छ ।
कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ
हरेक ब्यक्तिको शरीरको कुनै न कुनै भागमा कोठी हुन्छ । अधिकाँशको जन्मिदा नै यस्तो कोठी हुन्छ । कसैको गालामा हुन्छ त कसैको शरीरमा हुन्छ । यस्ता चिन्हले हाम्रो भविष्य र चरित्र पनि बताउने शास्त्रमा उल्लेख छ ।
हत्केलामा भएका कोठी कुन शुभ कुन अशुभ
महिलाको शरीरमा हुने कोठीको अर्थबारे यहाँ चर्चा गरिएको छ ।
गालामा हुने कोठी
गालाको दायाँ भागमा हुने कोठीलाई शुभ मानिन्छ । यसले तपाइँलाई खराव नजरबाट बचाउने विश्वास गरिन्छ । बाया तिरको कोठी भने अशुभ हुन सक्ने ठानिन्छ ।
निधारमा कोठी
निधारमा कोठी हुनेलाई टेन्सन हुने मानिन्छ । निधारको बायाँ भागमा हुने कोठीले जीवनमा कष्ट र तनावको संकेत गर्छ । तर दायाँ भागमा कोठी भएमा भने यसले सुख र खुशी दिने मानिन्छ ।
आँखी भौंमा कोठी
आँखी भौंको बिचमा कोठी भएमा यो शुभ मानिन्छ । यसले दाम्पत्य जीवन सुखद् हुने संकेत गर्छ ।
ओंठमा हुने कोठी
ओंठमा हुने कोठी कामुकताको प्रतिक मानिन्छ । यसले जीवन विलाशी हुने संकेत पनि गर्छ । यस्ता महिला कामुक हुने मानिन्छ । यस्ता महिलाले अरुलाई फसाउने समेत मानिन्छ ।
नाकमा कोठी
नाकमा कोठी हुने महिला झगडालु हुन्छन् । यसले साना साना विषयमा पनि असझमदारी उत्पन्न हुने संकेत गर्छ । यद्यपी नाकमा कङ्कोठी हुने महिला मेहनती हुन्छन् । नाकको दायाँ कोठी भएमा भने यस्ता महिला शान्त र सुशील मानिन्छन् ।
चिउँडोमा कोठी
महिलाको चिउँडोमा हुने कोठीले पैसा धेरै हुने संकेत गर्छ । यहाँ कोठी हुने महिला धनी हुन्छन् । यस्ता महिलालाई पैसाको कुनै कमी हुँदैन ।
तिग्रामा हुने कोठी
कुनै पनि महिलाको तिग्रा वा गुप्ताङ्ग नजिक कोठी छ भने उनीहरु विपरित लिङ्गीलाई धेरै आकर्षित हुने गर्छन् ।
नाइटोमा हुने कोठी
महिलाको नाइटोमा कोठी हुनु शुभ मानिन्छ । यसले महिला समृद्ध र धनवान हुने संकेत गर्छ । तर पेटमा हुने कोठीमा भने अशुभ मानिन्छ ।
पिठ्यूमा कोठी
कुनै पनि महिलाको पिठ्यूमा कोठी छ भने त्यस्ता महिला रोामान्टिक हुन्छन् । यस्ता महिला पैसा कमाउने र खर्च गर्ने समेत हुन्छन् ।
छातीमा कोठी
महिलाको छातीमा कोठी छ भने त्यस्ता महिला प्रशन्न रहने स्वभावका हुन्छन् । उनीहरुलाई विभिन्न परिकार भोजन गर्न मन पर्छ ।
यी ६ काम गर्ने केटालाई केटीले मन पराउँदैनन्
सरसफाइको विषयमा केटीहरुले जति ध्यान दिन्छन् केटाहरुले त्यति दिँदैनन् । तर यसकै कारणले कैयौं केटाहरुलाई केटीले मन पराउँदैनन् भन्ने ख्याल चाँहि गर्दैनन् । के के कुरा गर्ने पुरुषलाई केटीले मन पराउँदैनन् थाहा पाइ राख्नुस्ः
१. दारी
दारी बढाएर लुक बदल्न चाहने केटाहरुप्रति केटी खासै आकर्षित हुँदैनन् । दारी बढाउने झुस्स देखिने केटालाई केटी नजिक हुन कठिन पर्छ । नियमित शेभिङ गर्ने वा चिट्ट भएर हिँड्ने केटा नै केटीलाई बढी मन पर्छ ।
२. बिना क्रिम शेभिङ गर्ने
क्रिम नलगाइ दारी काट्दा हाम्रो छालामा असर गर्छ । दारी छुट्ने समस्या पनि बढि हुन्छ । यसरी लापरवाही दारी काट्ने र छाला नै असर पर्ने गरी दारी काट्ने पुरुष पनि केटीलाई मन पर्दैन । दारी काट्नु अघि र काटिसकेपछि क्रिम लगाउने गर्नुस् ।
३. कान र नाकमा रौं
पुरुषहरु आफ्नो कानमा र नाकामा आउने रौंको खासै प्रभाव गर्दैनन् । यसले स्वास्थ्यमा राम्रो गरेपनि लुकमा भने प्रभाव पार्छ । कानमा वा नाकमा लामो रौं लिएर हिँड्ने पुरुषलाई केटीहरु मन पराउँदैनन् । समय समयमा नाक र कानका रौं काट्ने गर्नुस् ।
४. चायाँ
कपालभरी झ्याउअ देखिने गरी हिँड्ने केटाप्रति केटीहरु आकर्षित हुँदैनन् । केटाहरुले यस्ता कुरामा ख्याल नगरेको केटीलाई चाहि मन पर्दैन । सके सम्म सेम्पु प्रयोग गरेर कपाल नुहाउने गर्नुस् ।
५ .फुलेको कपाल
यदि तपाइँको कपाल फुलेको छ भने उँखेलेर समाधान नखोज्नुस् । बरु त्यसमा कलर गर्नु राम्रो हुन्छ । कपाल फुलेको बेला उँखेल्दा त्यस वरी परिको कपाल पनि प्रभावित हुन्छ र नराम्रो असर गर्छ । झुस्स कपाल विग्रेका केटा केटीलाई मन पर्दैन ।
६. लामा लामा नङ
केटाहरु सामान्यतया नङ नियमित काट्दैनन् । नङ बढेको केटाहरुलाई खासै वास्ता हुँदैनन् । तर लामा र फोहोर नङ बोकेर हिँड्ने केटा केटीहरुलाई मन पर्दैन् । सके सम्म नङ सफा राखेर हिँड्नुस् ।