उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।
तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइनेछ ।
औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो ।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।
तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।
यो पनि ,
वडाध्यक्ष कोरोनामुक्त भएको खुशियालीमा र्याली निकाल्दा झडप, ७ जना घाइते
रौतहट । रौतहटको एक वडाध्यक्ष कोरोना संक्रमणमुक्त भएर आइसोलेसनबाट घर फर्कने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउँमा मंगलबार राती झडप भएको छ ।
रौतहटको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारी कोरोना संक्रमणमुक्त भएपछि स्वागत गर्न गएको वडाध्यक्ष पक्षधर र स्थानीयबीच झडप भएको हो ।
वडाध्यक्ष अंसारी कोरोना संक्रमणबाट निको भएपछि उनलाई लिन १५ वटा मोटरसाइकल स्वागतका लागि आइसोलेसन गएको थियो ।
झडपमा ७ जना घाइते भएको गुजरा नगरपालिकाका नगर प्रमुख शन्तलाल चौधरीले जानकारी दिनुभयो ।
घाइतेको उपचार वीरगञ्जमा भइरहेको छ।
सोही झडपमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
पुरानो रिसिइबीका कारण दुई पक्षबीच झगडा भएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार झडपमा वडाध्यक्ष पक्षका खतवैया गाउँका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी घाइते भएका छन् भने स्थाानीयतर्फ जयदा खातुन, शेष नसिब घाइते भएका छन् ।
चन्द्रपुर नगरपालिका–२ स्थित शहिदख स्मृति पार्कको आइसोलेसनमा बसेका वडाध्यक्ष अंसारीको कोरोना संक्रमणको रिपोर्ट मंगलबार आएको थियो ।
वडाध्यक्ष अन्सारीलाई गत भदौ ९ गते चाँदीपार्क आइसोलेसन कक्षमा राखिएको थियो । एक सातापछि उहाँको रिपोर्ट नेगेटिभ आएको थियो ।
वडाध्यक्ष अन्सारीले निषेधाज्ञाको उल्लंघन गर्दै ठूलो जमातमा र्याली गर्न नहुने नगर प्रमुख चौधरीले बताउनुभयो ।