काठमाडौं- काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ।
बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
काठमाडौंमा ५ हजार ६ सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २४ हजार २०७ उपचारपछि निको भएका छन्।
कोरोना संक्रमित नभएका यी ६ जिल्ला
देशका ६ जिल्लाका सबै कोरोना संक्रमित निको भएका छन्।
ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगुका सबै संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ।
देशभर १७ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १४१ जना आइसियुमा उपचाररत
कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ सय ५८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ८५ जना आइसियु र १३ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २७, प्रदेश ५ मा १९ आइसियु र ३ जना भेन्टिलेटरमा र गण्डकी प्रदेशमा ५ संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
बिहीबार ६ जना कोरोना संक्रमितको मृत्यु
बिहीबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५७ पुगेको छ।
५ वटा जिल्लाका ४ महिला र २ पुरुष गरी ६ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रुपन्देहीमा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। चितवनमा ४०, भक्तपुरमा ४०, तनहुँमा ९२ वर्षीया महिला र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना संक्रमितको मृत्युदुर शून्य दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए।