बागलुङ-
जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ को बाढी प्रभावित क्षेत्र राहत सहित हिँडेका गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली बीच बाटोबाटै फिर्ता भएका छन् । मौसमका कारण नेपाली सेनाको हेलिकप्टर फर्किए पनि नेपाली काँग्रेसका नेता जित शेरचनको नेतृत्वमा पुगेको काँग्रेसका क्षेत्रीय सभापति द्रोण कुँवर सहितको टोलिले प्रभुको हेकिप्टर मार्फत घटना स्थलमा राहत पु¥याएको छ ।
तत्कालका लागि पिडित परिवारका लागि आवश्यक खाद्यान्न सहित नेता शेरचन र कुँवर हेलिकप्टर मार्फत घटनास्थलमा पुगेका थिए । उनी सँगै स्थानिय नेता अर्जुन शेरचन र तरुणदलका नेता देवेन्द्र घर्तिमगर पनि राहत लिएर पुगेका थिए । काँग्रेस नेताहरुले तत्कालका लागि केही खाद्यान्न र लत्ता कपडा पु¥याएका थिए । बाढीले पु¥याएको क्षतिबारे स्थलगत जानकारी लिन नेपाली सेनाको हेलिकप्टर मार्फत उडेका गृहमन्त्री थापा मौमस खराबी पछि स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए । वर्षाका कारण मौसमले साथ नदिएपछि बीच बाटोबाटै पोखरा फर्किएको थियो । पोखरा विमानस्थलमा दिउँसो साढे १ बजे सम्म मौसम खुल्ने प्रतिक्षामा बसे पनि त्यो सम्भावना नदेखिए पछि काठमाण्डौ फकिकाँएको हो । नेपाली सेनाको हेलिकप्टरमा गृहमन्त्री थापा र सांसद पौडेल सहित विपत विज्ञ, स्वास्थ्यकर्मी सहित ११ जनाको टोली सवार थियो । बाढि प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, तथा नेपाली सेनाको टोली उद्धारका लागि पुगेको छ । यस क्षेत्रमा नेपाल रेडक्रस सोसोईटी लगायतका केही सामाजिक संस्थाले पनि तत्कालका लागि उद्धार र राहतमा खटेका छन । बागलुङ जिल्ला सदरमुकामबाट निकै दुर १ सय २६ किमी पश्चिममा पर्छ बाढी प्रभावित गाउँ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ७,८ र ९ अहिले बढी प्रभावित छ । यो ठाउँमा पुग्न सदरमुकामबाट बुर्तिबाङ सम्म ९० किमीको सवारी यात्रा गरे पछि त्यहाँबाट २६ किमी दुरीमा अहिले पैदल यात्रा गर्नुपर्छ । यसका लागि ४ देखि ६ घण्टा लाग्ने स्थानीय बताउँछन्