अर्थमन्त्री खतिवडाद्वारा राजीनामा दिने घोषणा

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन।

खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए।

राष्ट्रियसभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय भएपछि खतिवडाले राजीनामा दिने बताएका हुन।

राष्ट्रिय सभा सदस्यमा नदोहोरिने पक्का भएपछि डा खतिवडाको पद शनिवारबाट स्वत: निष्क्रिय हुने छ।

सोही कारण खतिवडा आजै राजीनामा दिएर बिदा हुन लागेका हुन्।

नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरिसकेको छ।

यो पनि,

कर्फ्युका बीच मत्स्येन्द्रनाथको क्षमा पूजा, भोटोजात्रा नगरिने

शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ ।

बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन
कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।

बिहीबारको असामान्य परिपस्थितिलाई मध्यनजर गर्दै शुक्रबार ललितपुुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरे सीमित व्यक्ति उपस्थित भएर शुक्रबार क्षमापूजा गर्ने र संक्षिप्त विधिबाट मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए ।

उनका अनुसार २२ गते ज्योतिषले साइत हेरेपछि शुभ साइतमा मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती पुर्‍याउने सहमति भएको छ ।

भोटो देखाउने जात्रा नहुने

मत्स्येन्द्रनाथको रथलाई जाउलाखेल पुर्‍याएको चौथो दिन जाउलाखेलमा भोटो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा गर्ने परम्परा छ । तर यो वर्ष छोटो प्रक्रियाबाट रथलाई बुङ्गमती पुर्‍याउने भनिएसँगै बीचका सबै प्रक्रियाहरू स्थगित भएको थपलियाले अनलाइनखबरलाई जानकारी दिए ।

‘भोटो नदेखाउने भन्ने कुनै निर्णय भएको होइन ।

तर रथयात्राको बीचका प्रक्रिया नगरी सिधै बुङ्मती लैजाने भनिएपछि भोटो देखाउने जात्रा पनि स्वतः स्थगित भइहाल्यो’ उनले अनलाइनखबरसँग भने ।

परम्पराअनुसार पहिलो दिन पुल्चोकबाट गाःबहाल पुर्‍याएर गुरुपूजा, दोस्रो दिन गाःबहालबाट मंगलबजार पुर्‍याएर दरबार पूजा, तेस्रो दिन मंगलबजारबाट सुन्धारा पुर्‍याएर बाराही पूजा र सुन्धाराबाट लगनखेल पुर्‍याएर उपयुक्त दिनमा महाबली दिने गरिन्छ ।

त्यसपछि फेरि अर्काे दिन शुभ मुहूर्त हेरेर रथलाई जाउलाखेल पुर्‍याउने गरिन्छ ।

जाउलाखेलमा पु¥याएको चौथो दिनमा भोटो देखाउने परम्परा रहेपनि यो वर्ष बीचका सबै कार्यक्रमहरू स्थगित गरिएको थपलियाले बताए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →