काठमाडौं- सोमबार काठमाडौं उपत्यकामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० पुगेको छ।
त्यसैगरि, काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९ र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ३३८ महिला र ६४१ पुरुष गरी ९७९ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ४६ हजार २ सय ३६ पुगेको छ। २४ घण्टा १ हजा ७ सय ३६ जना डिस्चार्ज भएसँगै ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भएका छन्।
काठमाडौंमा ३ सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३०० पुग्यो
नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय पुगेको छ।
८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
काठमाडौंमा ३७, ९० र ८३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
मोरङमा ७६, सिरहामा ७८ र ६२, सर्लाहीमा ३५, दोलखामा ६९, मकवानपुरमा ३९, बाँकेमा ५९ वर्षीय पुरुष र कास्कीमा ६३ वर्षीया महिलाको मृत्यु भएको छ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
देशभर ७ हजार १ सय ९० कोरोना संक्रमित होम आइसोलेसनमा
देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
सोमबार १७ हजार २ सय ५९ जना संक्रिय संक्रमित मध्ये ७ हजार १ सय ९० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ३ हजार होम आइसोलेसनमा छन्।
त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार ३ सय ३४, प्रदेश १ मा ७ सय ९०, प्रदेश ५मा ८ सय ७, सुदूरपश्चिम प्रदेशमा ११९, गण्डकी प्रदेशमा १०० र कर्णाली प्रदेशमा ४० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा थप १७३६ कोरोना संक्रमित संक्रमणमुक्त
काठमाडौं– पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३६ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सँगै नेपालमा ३० हजार ६ सय ७७ जना संक्रमित उपचारपछि निको भएका छन्। ताप्लेजुङ,, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।
आज मन्त्रालयका अनुसार ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै अहिले सम्म ७ लाख ७७ हजार ५ सय ६३ जनाको पिसिआर परीरक्षण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ७ सय ३९ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार २ सय ५९ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –२६७९, प्रदेश २– ८७९७, बाग्मती प्रदेशमा –४१५०, गण्डकी प्रदेशमा –१८४८, प्रदेश ५मा –५४८१, कर्णाली प्रदेशमा –२३४९, सुदूरपश्चिम प्रदेशमा ५३८०