काठमाडौंमा कोरोना संक्रमित थपिने क्रम जारी, कहाँ कति संक्रमित भेटिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् ।

यस्तै नेपालमा कोरोना संक्रमण भएर देशका विभिन्न अस्पतालबाट डिस्चार्ज हुनेको संख्या बढेको छ। नेपालमा थप २२८७ जना कोरोना संक्रमित निको भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२९६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा १० हजार ६११ ओटा पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो । नेपालमा थप ९०२जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

हाल १४ हजार ८६८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कुल पीसीआर परीक्षण संख्या ७ लाख ८८ हजार १७४ पुगेको मन्त्रालयले बताएको छ । हाल क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन् ।

२ हजार २ सय ८७ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका छन्। हालसम्म ६८ प्रतिशत संक्रमित डिस्चार्ज भएका गौतमले बताए।
आजसम्म डिस्चार्ज हुनेमध्ये प्रदेश २ मा सबैभन्दा बढी छन्। प्रदेश २ मा ९ हजार ५ सय २३ जना कोरोनामुक्त भइसकेका छन्। त्यसैगरी प्रदेश ५ मा ५ हजार ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० जनाले कोरोना जितेका छन्।

बाग्मती प्रदेशमा पनि ५ हजार ४ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै प्रदेश १ मा २ हजार ८ सय १६ जनाले कोरोनामाथि विजय प्राप्त गरेका छन्। कर्णाली प्रदेशमा पनि २ हजार ३ सय ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन्। गण्डकीमा भने १ हजार ९ सय ९२ संक्रमित डिस्चार्ज भएका छन्।

प्रवक्ता डा गौतमले विगत २४ घण्टाको अवधिमा थप ६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । त्यस्तै काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा दैनिक कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै

पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो ।

कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ सङ्क्रमित थपिँदा २ हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन् । आजसम्म कुल सङ्क्रमितमध्ये ६८.५प्रतिशत डिस्चार्ज भएका छन् ।

सोमबार मुलुकभर ९७९ नयाँ सङ्क्रमित थपिँदा १ हजार ७३६ जना डिस्चार्ज भएका थिए । यस्तै आइतबार पनि सक्रिय सङ्क्रमति (९८० जना) को तुलनामा झण्डै दोब्बर (१ हजार ८१४ जना) कोरोजना जितेर घर फर्केका थिए । हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ८६८ रहेको छ । जसमध्ये ६ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने ८ हजार ५३ संस्थागत आइसोलेनसमा छन् ।

उपत्यकामा ३९६ सङ्क्रमित थपिए

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९६ नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ सङ्क्रमित फेला परेका छन् । १० हजार ६११ नमूना परीक्षणमा देशभर ९०२ जनामा कोरोना सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

कैलालीमा ७७, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, मकवानपुरमा २४, रुपन्देहीमा २१, चितवनमा २०, सप्तरी, सुर्खेत र गोरखामा १८/१८, झापामा १६, पर्सामा १४, ओखलढुङ्गामा १३, बारामा १२, वाग्लुङमा १०, कञ्चनपुरमा नौ, रौतहट, धादिङ र रामेछापमा आठ/आठ सङ्क्रमित फेला परेका छन् ।

बर्दिया र नवलपरासी पूर्वमा सात/सात, सर्लाहीमा छ, बाँकेमा पाँच, सिरहा र महोत्तरीमा चार/चार, नुवाकोट, दाङ र तनहुँमा तीन/तीन, उदयपुर, दोलखा र काभ्रेपलाञ्चोकमा दुई/दुई, इलाम, नवलपरासी, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, स्याङ्जा, सिन्धुपाल्चोक, रोल्पा र दैलेखमा एक/एक सङ्क्रमित थपिएका छन् ।

मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

थप ६ को मृत्यु

कोरोना भाइरसबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौँका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष तथा काठमाडौँकै ८० वर्षीया महिला छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ । जुन कुल सङ्क्रमितको तुलनामा ०.६३ प्रतिशत हो ।

विश्वभर दुई करोड ७४ लाख ९२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको छ भने एक करोड ९५ लाख ९२ हजार २८० जना निको भएका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →