निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा थपिए यतिधेरै कोरोना संक्रमित, कहाँ कति भेटिए ?

काठमाडौं । निषेधाज्ञा खुकुलो बनाएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। काठमाडौं मात्र ६ सय २० संक्रमित थपिएका छन्।

त्यस्तै भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना थपिएका छन्। आज देशभर १४ हजार ९ सय २५ सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ९७२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३६ हजार ६७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख २१ हजार १८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ७८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १०५ जना रहेका छन् ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ५० हजार पुगेको छ ।

आइतबार देशभर ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८१४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर ९७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

मंगलबार ९०२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने दुई हजार २८७ जना डिस्चार्ज भएका थिए । यही अवधिमा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

बुधबार एक हजार ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी यस अवधिमा ९१८ जना डिस्चार्ज भएका छन् । बुधबार पनि ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

बिहीबार एक हजार २४६ कोरोना भाइरस संक्रमित देखिएका थिए । त्यसैगरी एक हजार ८१८ डिस्चार्ज भएका छन् । बिहीबार ५ जनाको मृत्यु भएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →