आयुष्मा बुढाथोकी
चारै तिर बगैंचा ले घेरेको छ प्यारो सम्बुद्ध।
बुद्ध जस्तै शान्त र अटल छ प्यारो सम्बुद्ध।।
सबै विद्यार्थीलाई समान देख्ने हाम्रा गुरुहरू।
गुरुमाले भनेको हामी सबै मान्छौ खुरु खुरु।।
कति राम्रो सम्बुद्ध, झनै राम्रो पढाई।
कति राम्रो पढाई हुन्छ मेहेनत गराई।।
घुम्टेको काखमा छ प्यारो यो सम्बुद्ध।
जतासुकै हरियाली बिचैमा यो सम्बुद्ध।।
साथी पनि छन् मेरा धेरै राम्रा- राम्रा।
कोही छैनन् पराई सबै हाम्रै हाम्रा।।
विद्यालय वाल उद्यानमा रङ्गी चङ्गी फूल।
बिनाकाम कोपिला टिपी नगर्नु है भूल।।
( एस. एल. सी ब्याच – २०७०)
सम्बुद्ध एजुकेशनल एकेडेमी
गलकोट नगरपालिका, वार्ड नं-६
बागलुङ, नेपाल