काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५३९ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३९ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४१ हजार ७०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८२० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर २६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
आइतबार देशभर एक हजार ३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी यही अवधिमा देशभरका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट एक हजार १७३ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
सोमबार देशभर एक हजार १७० कोरोना भाइरस संक्रमित थपिएका थिए । सोही अवधिमा देशभरबाट ९७९ जना डिस्चार्ज भएका थिए भने १५ जना संक्रमितको मृत्यु भएको थियो ।
मंगलबार कोरोना भाइरसका एक हजार ४५९ संक्रमित फेला परेका थिए भने एक हजार ६२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टायता कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टायता थप १५३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै ५८३२७ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकमा १६२४२ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ५५४१ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टायता १०६८ जना निको भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४१७०० पुगेको छ।
हाल क्वारेन्टिनमा ७८२० जना रहेका छन्। पछिल्लो २४ घण्टामा १०४९४ वटा पीसीआर नमुना परीक्षण भएको छ। हाल मुलुकमा भेन्टिलेटरमा २६ जना र आइसोलेसनमा १७३ जनाको उपचार भइरहेको छ।