काठमाडौंः कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बद्ध जनस्वास्थ्य एवं सुरक्षा अधिकारीहरूको बुधबार साँझ बसेको संयुक्त बैठकले निषेधाज्ञालाई अहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरेको हो ।
भदौ ३ गते बुधबार रातिबाट हप्ता दिनका लागि जारी निषेधाज्ञा भदौ २९ दिनको अवधिमा क्रमशः भदौ १०, १७, २४ र ३१ गते गरी चारपटक थप गरिएको हो । सो अवधिमा निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ ।
के खुल्ला ? के बन्द ?
लकडाउनका बेला घरभाडा छुट दिने घरभेटीलाई सम्मान गरिने
कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ ।
लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ ।
घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्न थालेका व्यवसायीको राहतका लागि बागलुङ उद्योग वाणिज्य सङ्घले सक्रियता देखाएको छ । सङ्घले बन्दाबन्दी हुँदादेखि नै घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्दैसमेत आएको छ ।
हालसम्म बागलुङ बजारका झण्डै १५० घरधनीले घरभाडा छुट दिएका छन् ।
कोरोना भाइरसका कारण आफ्नै घरमा व्यवसाय गर्नेभन्दा भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेलाई निकै समस्या सिर्जना भएको छ ।
सङ्घले घरभाडा छुट दिनेलाई प्रोत्साहन गर्न थालेको छ । सङ्घको आग्रह वा स्वतःस्र्फूत रूपमा घरभाडा छुट गरेका घरधनीहरुलाई सङ्घले प्रोत्सानस्वरुप सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हो ।
घरभाडा छुट दिने घरभेटीलाई प्रोत्साहन र अन्य घरधनीलाई भाडा छुट दिन अभिप्रेरित गर्नका लागि घरधनीलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम अघि सारेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।
‘कोरोना महामारीमा व्यवसायीलाई धेरै मार परेको छ, भाडामा व्यवसाय सञ्चालन गर्नेहरुले भाडा तिर्न नसकी व्यवसाय बन्द गर्दा त्यसको मार घरधनीलाई समेत हुने गर्दछ,’ राजभण्डारीले भने, ‘धेरै घरधनीले एक महिनादेखि पाँच महिनासम्मको घरभाडा छुट गर्नुभएको छ, उहाँहरुलाई कदरस्वरुप उद्योग वाणिज्य सङ्घले सम्मान गर्नेछ ।’
राजभण्डारीका अनुसार घरभाडा छुट दिने घरधनीको लगत सङ्कलन भइरहेको र आगामी उद्योग वाणिज्य सङ्घको साधारणसभामा सम्मान गरिनेछ । उनले घरभाडा छुट दिने घरधनीहरु बढ्दै गएमा साधारणसभा अघिनै सम्मान गरिने बताए ।
सङ्घका अनुसार हालसम्म बागलुङ बजारका करिब १५० घरधनीले आफ्नो घरमा सञ्चालित व्यवसायलाई घरभाडा छुट दिएको तथ्याङ्क छ ।
बागलुङका ठूला तथा साना व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले घरभाडा तिर्न नसक्दा व्यवसाय नै धरापमा परेको गुनासो गर्दै आएका छन् ।
हालसम्म बागलुङ बजारका एक दर्जन व्यवसायीले भाडा तिर्न नसकेर व्यवसाय नै बन्द गरेका छन् ।
उद्योग वाणिज्य सङ्घले घरभाडा छुट दिने घरधनीको सङ्ख्याका आधारमा कस्तो पुरस्कार दिने भन्ने निर्णयमा पुगिने बताएको छ ।
काठमाडौं प्रशासनको सेवा आइतबारदेखि, सेवाग्राहीलाई तोकियो छुट्टाछुट्टै बार
६ सातापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा आइतबारदेखि खुल्ने भएको छ ।
कोभिड–१९ को संक्रमणको जोखिमका कारण बन्द गरिएको प्रशासनका सबै सेवाहरु निषेधाज्ञा खुला भएसँगै सुचारु हुने भएको हो ।
गत साउन २५ गतेदेखि यो सेवा बन्द रहँदै आएको थियो ।
सेवा सञ्चालन हुने भएपछि भिडभाड कम गर्न प्रशासनले सेवाको प्रकृति र क्षेत्र अनुसार सेवाको विभाजन गरेको छ । नयाँ नागरिकता र प्रतिलिपी, राहदानी, नाबालिग परिचयपत्र, हातहतियार दर्ता र नवीकरणका लागि विभिन्न क्षेत्रअनुसार सेवा दिने बारको निर्धारण गरिएको छ ।
जसअनुसार महानगर क्षेत्रका नागरिकले आइतबार, मंगलबार र बिहीबार, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरिका नागरिकले सोमबार, बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिकाका नागरिकले बुधबार र गोकर्गेश्वर, दक्षिणकाली, शंकरापूर र तारकेश्वर नगरपालिकाका नागरिकले शुक्रबार प्रशासनबाट सेवा पाउनेछन् ।
त्यस्तै, संघसंस्था दर्ताका लागि सोमबार र बुधबार, नवीकरणका लागि आइतबार, मंगलबार र बिहीबार र पत्रपत्रिका दर्ता र विधान संशोधनका लागि शुक्रबारको समय तोकिएको छ ।
प्रतिलिपी पत्राचार भने प्रत्येक दिन दिनको ४ बजेपछि खुला हुनेछ ।
तर, प्रशासनले उपलब्ध गराउने शान्ति सुरक्षा, सरकारी कार्यालय वा आयोनासँग सम्बन्धित छलफल, विपद् व्यवस्थापन सम्बन्धी सेवाहरु भने प्रत्येक दिन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले सेवाको लागि आउँदा आफ्नो बार मिलाएर मात्रै आउनुपर्ने, सीमित र आवश्यक व्यक्ति मात्रै आउनसक्ने, सबै कागजात पूरा गरेर मात्रै आउनुपर्ने, टोकन प्रणालीको आधारमा मात्रै कार्यालयमा प्रवेश दिइने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, रुघा खोकी, ज्वरो जस्ता लक्षण देखिएकालाई प्रवेश नदिइने व्यवस्था समेत गरेको छ ।