बाग्लुङ असोज ४, यहि भाद्र १७ गते भारी वर्षा को कारण भूजिखोलामा बाडी र पैह्रो आउँदा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत वार्ड नं ६,७,८ र ९ धेरै प्रभावित भएको थियो बाडी र पहिरोको कारण त्यहाँ ठूलो धनजनको क्षति भएको थियो।
२४ जनको मृत्यु र १४ जना अझै वेपत्ता भएका छन्।६५ घरपरिवार पूर्ण क्षति र ६१ घरपरिवार आंशिक क्षति भएको छ।
यस बाहेक दुई वटा विद्यालय भवन, स्वास्थ चौकी भवन, सडक, झुलुङ्गे पूल लगायतका धेरै सार्वजनिक महत्त्व का भौतिक वस्तुहरू पूर्ण रुपमा क्षति ग्रस्त भएको जानकारी स्थानिय युवा कल्याण कायात ले दिनु भयो।
बाडी पीडित हरुलाई राहत प्रदान गर्ने हेतुले यू. एस. वी सेवा, इन्साइड बागलुङ र गलकोट यूएसबी सेवा ले संयुक्त रूपमा “दुःखमा मल्हम “भन्ने नाराका साथ राहत कोष स्थापना गरि देश विदेशमा रहनुहुने सहयोग दाता हरुबाट प्राप्त सहयोग रकम मृतक परिवारका २३ घरलाई ६, १३,००० ( अक्षय रूपी छ लाख तेह्र हजार), घर सम्पति पूर्ण क्षति भएका ५५ घरपरिवारलाई रू ४,४०,००० ( अक्षय रूपी चार लाख चालीस हजार ), आंसिक क्षति भएका ६१ जनालाई रू ७१,००० ( एकहत्तर हजार) र रू ३५,००० ( अक्षय रूपी पैंतीस हजार) बराबर काे स्टेशनरी, वाल मनोरञ्जन सामाग्री र स्वास्थ्य सामग्री लगायत गरी कुल रकम रू ११,७९,००० ( एघार लाख उनासी हजार) गलकोट यू एस वी सेवा का प्रेसिडेन्ट केशवबिक्रम सिंह र इन्साइड बागलुङ का संस्थापक प्रेसिडेन्ट राजकुमार श्रेष्ठ यस्तै यसै संस्थाका सदस्य जीवन मल्ल काे समन्वय र यू. एस. वी सेवा का प्रेसिडेन्ट आकाश यु एस वी थापाको अध्यक्षतामा र ढोरपाटन नगरपालिकाको रोहबरमा मिति २०७७ साल आश्विन २ गतेका दिन वार्ड नं ९ काे वार्ड कार्यालय बाट पीडित हरुलाई वितरण गरिएको छ ।
राहत वितरण काे लागि ध्रुव शेरचन, दिपेन्द्र श्रेष्ठ, यामु पौवि, राज कुमार रसाइली, भिमु क्षत्री, डिकु ठकुरी, दिलीप खत्री, उपेन्द्र बम मल्ल र कल्याण कायत लगायत काे टिम काठमाण्डौ, पोखरा, गलकोट र बुर्तिबाङ बाट गएको जानकारी आई. टि. एफ का जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले दिनुभयो। बाडी पीडित बालबालिकाको शिक्षा स्वास्थ्यको लागि थप पहल गरिरहेको र तमान् खोला गाउँपालिका, निसिखोला गाउँपालिका र बढिघाट गाउँपालिकामा बाडी काे कारण मृत्यु भएका व्यक्तिहरुको परिवार जन लाई केही दिन पछि नै राहत प्रदान गर्ने कार्यक्रम रहेको जानकारी इन्साइड बागलुङ का संस्थापक प्रेसिडेन्ट राजकुमार श्रेष्ठले दिनु भयो।राहत वितरण कार्यक्रम काे सञ्चालन बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष यामु पौबिले गर्नुभएको थियो।