कविकिरण न्यौपाने / नागोया, जापान असोज ४ जापानको नागोयामा बक्सिङ्ग खेलाडीहरु मोहन मर्हजन र अविरल घिमिरेलाई विषेश कार्यक्रम सहित सम्मान गरिएको छ ।
एनआरएनए क्षेत्रिय समिति,नागोयाले राखेको कार्यकममा खेलाडीहरुलाई नगद, सम्मान पत्रका साथै दोसल्लाले सम्मान गरिएको थियो।
नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै जापानमा भएका राष्ट्रिय एवं अन्तरराष्ट्रिय किक बक्सिङ्ग खेलहरुमा निरंतर सफलता हासिल गरेकोमा उहाँहरूको मेहेनत र लगनशिलताको उच्च मूल्याङ्कन गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको एनआरएनए क्षेत्रिय समिति, नागोयाका सचिव योमन देवानले बताए ।
सम्मान कार्यक्रममा किक बक्सिङ्ग खेलाडी अविरल घिमिरेले यो सम्मानले आफुमा अझै बढि हौसला बढेको धारणा व्यक्त गरे। अर्का खेलाडी मोहन मर्हजन आफ्नो कार्य ब्यस्ताताका कारण उपस्थित नभएकाले किक बक्सिङ्ग प्रशिक्षक देब घिमिरे मार्फत प्रमाण पत्र प्रदान गरिएको थियो।
राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रम एनआरएनए एशिया प्यासिफिक उप- संयोजक पारशमणि पोखरेलको प्रमुख आतिथ्य र खेलाडी अविरल घिमिरे र एनआरएनए आईसिसि मानार्थ सदस्य डिलाराम खरेलको विषेश अतिथ्य र सम्पन भएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान साखाका सल्लाहकार तथा चितवन समाज जापानका सचिव कविकिरण न्यौपाने , एनआरएनए क्षेत्रिय समिति, नागोयाकी उप- संयोजक सीता कोईराला , एनआरएनए आईसिसि पूर्व सदस्य केशर गिरी र किकबॉक्सिंग प्रशिक्षक देव घिमिरे लगाएतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम एनआरएनए क्षेत्रिय समिति नागोयाका संयोजक श्याम शितलको अध्यक्षतामा सम्पन्न भएको थियो।