बागलुङ–
जिल्लाको जैमिनी नगरपालिकाका पहिरो पिडितलाई बागलुङ उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिले ५० हजार नगदका साथमा लत्ता कपडा सहयोग गरेको छ ।
समितिका अध्यक्ष भगवती केसीको नेतृत्वमा गएको टोलीले पहिरोबाट प्रभावित भएका परिवारलाई नगद ५० हजार रुपैयाँको साथमा १ लाख बराबरको जाडो र गर्मिमा लगाउने लत्ता कपडा सहयोग गरेको हो ।
भदौ २८ र २९ गतेको जैमिनी नगरपालिका–१को टुनिबोट वडा नं. ५ को विनामारेमा जनधनको क्षती बनाएको थियो भने, केही समयमा पहिला वडा नं. ९ को पैयुँथन्थापमा पनि केही घर विस्थापित भएका थिए ।
जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलको विशेष उपस्थितिमा टुनिबोटमा एक कार्यक्रमको आयोजना गरी प्रति परिवार ४ हजार रुपैयाँ नगद सहित अन्य लत्ता कपडा हस्तान्तरण गरिएको हो । विनामारे र पैयुथन्थापका पहिरो पिडितलाई भने नगप्रमुख पौडेल र जैमिनी उद्योग बाणिज्य संघ ईकाईका प्रतिनिधि विष्णु आचार्य मार्फत पठाईएको अध्यक्ष केसीले बताईन ।
टुनिबोटमा गरिएको राहत प्रदान कार्यक्रममा बोल्दै जैमिनी नगरप्रमुख पौडेलले पिडामा साथ दिने सवै प्रति धन्यबाद प्रकट गरेका थिए । उनले विस्थापित परिवारको पुर्नबास निर्माणका निम्ती जैमिनी नगरपालिकाले संघ र प्रदेश सरकार सँग समन्वय गरेर अगाडी बढने बताए ।
कार्यक्रममा नेपाल महिला संघ बागलुङ अध्यक्ष शकुन्तला शर्माले पहिरोबाट मृत्यु भएका परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै विस्थापित परिवारको उचित बासस्थानको व्यवस्थाका लागि सवै तहले सहयोग गर्नुपर्ने बताईन । पहिरो प्रभावित क्षेत्रको बारेमा जैमिनी नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भेषराज शर्माले जानकारी गराएका थिए ।
पिडामा थोरै भए पनि मलम लगाउनका निम्ती जिल्ला सदरमुकाममा व्यवसाय गरेर बस्ने महिला उद्यमीहरुको सक्रियतामा संकलित राहत रकम र आवश्यक लत्ता कपडा हस्तान्तरण गरिएको हो । कार्यक्रममा समितिका पुर्व अध्यक्ष शशिकिरण श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका सदस्य शर्मिला खड्का, महिला उद्यम विकास समितिका सदस्य लक्ष्मी पन्त लगायतको उपस्थिति थियो ।
कार्यक्रम महिला उद्यम विकास समितिका अध्यक्ष भगवती केसीको अध्यक्षता, कोषाध्यक्ष विष्णु लम्सालको स्वागत र सचिव जुनु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
पहिरोले टुनिबोटमा दुई जना विनामारेमा १ जना गरी ३ जनाको ज्यान गएको थियो भने टुनिबोटका ८ घर परिवार पुर्ण रुपमा क्षती भएको छ । पहिरोले टुनिबोटका ३९ घर विस्थापित छन । पैयुँथन्थापमा पनि १ दर्जन भन्दा बढि घरहरुमा क्षती पु¥याएको थियो ।